बैशाख १४ गतेसम्म विद्यालयको पठनपाठन स्थगित
मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित

बर्दिया, बैशाख ७ (फरकसमाचार) / गुलरिया नगरपालिका अन्तर्गतका विद्यालयहरुमा पठनपाठन स्थगित गरिएको छ ।

नगर प्रमुख मुक्तिनाथ यादवको अध्यक्षतामा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापहरुको बैठकले विद्यालय बन्द गरिने निर्णय गरेको हो । बैशाख ७ गते देखि बैशाख १४ गतेसम्म विद्यालय बिदा हुनेछ ।

कोभिड–१९ को विषम परिस्थितीलाई मध्यनजर गर्दै परीक्षा तयारीको लागि पठनपाठन स्थगित गरिएको जनाईएको छ ।

बैशाख १५ गते देखि दुई सिफ्टमा सामाजिक दुरी कायम गरी विद्यालय स्तरीय वार्षिक परीक्षा संचालन हुने गुलरिया नगरपालिकाले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर