राजविराज नगरपालिकामा विकासको छलाङ्ग
बिहिबार, बैशाख १६, २०७८ मा प्रकाशित

विष्णु गरुङ्ग

१.परिचयः

वि.स. २०१६ सालमा स्थापित, भारतको जयपुर नगरको pink city को नक्कल गरेर सो नमुना अनुसार वनाइएको  सप्तरी जिल्लाको सदरमुकाम  राजविराज नगरपालिकाले  आर्थिक वर्ष २०७१-२०७२, २०७२-२०७३,२०७३-२०७४ मा वातावरण व्यवस्थापन, तथा दिगो विकासका लागि चालेका  प्रयासहरू , सामना  गर्नु परेका चुनौतीहरु तथा प्राप्त उपलव्धीहरूको   शिंहावलोकन गर्ने मनसायले यो लेख तयार पारिएको छ।

२.साविकको अवस्थाः

यो नगरपालिका नेपालको पहिलो योजनावध्द नगरपालिकाक रूपमा स्थापना भएपनि समयको अन्तराल संगै यसले आफ्नो साख जोगाउन सकेन। सवै गल्लीहरू अतिक्रमणको चपेटामा पर्नु, गल्लीहरू फोहोरको डुङगुरले भरिनु, पार्कहरूको वयव्स्थापन नहुदा कवाडी तथा वोत्तलहरूले भरिनु ,  रक्सी का खालीफुटेका  वोतलहरूले पार्कको दुरावास्था देखिनु,फुलहरू लाउने मालीको व्यवसथा नहुनु,  सहरको मुटुमा रहेको पवित्र भगवती पोखरी हिलो तथा फोहोरले पुरिनु तथा यो सवै भन्दा ठुलो खुला सौचालयको रूपमा परिणत हुनु,गजेन्द्र चोक तथा चोक स्थित शालिकको राम्रो संरक्षण नहुनु, राजविराज स्थित एक मात्र हटिया जहाँ नुन देखि सुन सम्म पाइन्छ त्यो हटियाले अतिक्रमण तथा अवयव्स्थापनको समस्या वेहोर्नु, राजविराज को साविक नक्सा मा हरेक तीन घर पछि एक गल्ली को वयव्स्था छ, ती गल्लीहरू अतिक्रमणको चपेटा मा पर्नु तथा फोहोर का ङुङगुरले भरिनु तथा सुङगुर चर्ने थलो हुनु,माछा हटिया अत्यन्त दुर्गन्धित हुनु, सवै नालीहरू फोहोरले जाम हुनु, सौचालयको व्यवस्था नहुनु ,यत्र तत्र सवत्र खुला रूपमा पिसाव फेर्ने प्रवृति हुनु ,विभिन्न विकास निर्माण कार्यमा चुहावट हुनु ,गुणस्तर नदेखिनु, राजनैतिक दवाव तथा मिलोमतोको हालिमुहालि देखिनु , नेपाल सरकार तथा दातृ निकायको सहयोग रकम वाट निर्माण गरिएका संरचना अधुरा र अलपत्र हुनु जस्ता मुख्य समस्या हरूले सो नगरपालिका आकान्त थियो।

३.  आर्थिक वर्ष २०७१-२०७२, २०७२-२०७३,२०७३-२०७४ मा  उक्त न.पा.मा वातावरण व्यवस्थापन, तथा दिगो विकासका लागि भएका प्रयासहरू तथा देखिएका चुनौतीहरुः

उक्त अवधिमा भएका उल्लेख्य phenomenon हरूलाइ निम्न अनुसार  प्रस्तुत गरिएको छ।

क. Water recharging Pond को निर्माण तथा भगवती पोखरीको जिर्णोध्दारः-

सतह मुनिको जलको तह कम हुदै र घटदै गइरहेको संन्दर्भमा यसले राजविराज स्थित ट्युवेलवाट पानी प्रयोग गर्ने सर्वसाधारणलाइ समस्या पर्न थालि सकेको छ। यस वारे यथासिध्र सजगता अपनाउनु पर्ने परिप्रेक्षमा राजविराज नगरपालिकाले उपरोक्त उल्लेखित अवधीमा नगरपालिका स्थित कल्टु पोखरी , पुर्नी पोखरी ,७ नं पोखरीको जिर्णोधार गरेको छ। सहरको मुटुमा रहेको भगवती पोखरीको दुराअवस्थाको अन्त गर्दै सो पोखरी लाइ पुननिर्माण तथा जिर्णोध्दार गरि सो पोखरीको वातावरणीय साख तथा धार्मिकता लाइ पछिका सन्ततीले समेत देख्न र भोग्न पाउने गरि संरक्षण गरिएको छ।

 

भगवती पोखरीको साविकको दुराअवास्थालाइ निम्न तस्विरले स्पष्ट पार्छ।

निर्माण को चरण तथा निर्माण पछि पोखरीको अवस्था निम्नानुसार देखिन्छ।

सो पोखरी निर्माणका केहि तस्विर यहाँ राखिएको छ। निर्माण का चरणमा असंख्य अवरोधहरूको नगरपालिकाले सामना गर्नु  परे पनि दिगो विकास को पर्खाइ मा रहेका राजविराज का सचेत नागरिक सहयोगले ति सवै अवरोध हरू साम्य भएर   पोखरी मा राजविराज रंगसालाको मैदानमा संकलन हुने आकासे पानी तथा राजविराज न.पा कमपाउन्डको वाटर रिचार्जिङ पोन्डमा संकलन भएर ओभरफ्लो हुने पानी जम्मा हुने व्यवस्था मिलाइएको छ। तर त्यस्को प्रभावकारी कार्यान्वयन अहिले हुन सकिरहेको छैन।

पोखरीको पानीवाट आगलागी नियन्त्रण कोलागि दमकललाइ पानी उपलव्ध हुने व्यवस्था पनि निर्माण संगै मिलाएको देखिन्छ।

पोखरी मा घुम्न आउनेको लागि पोखरीको कम्पाउन्ड भित्र  सार्वजनिक शौचालायको व्यवस्था पनि गरेको देखियो।

वाटर रिचार्जिङ  पोन्डको निर्माण पनि वातावरणीय संन्तुलन तथा वातावरणीय चेतनाको हिसावले महत्वपुर्ण छ। पालिका भवनको छतको पानी संकलन गर्न र नमुना रूपमा जमिन मुनि को पानीको सतह कम नहुन दिन जनतालाइ चेतना फैलाउन उक्त कार्य पालिकाले गरेको देखियो।

यसरी नगरपालिका भवनको वर्षामा छतको पानी संकलन गर्ने मनसाय तथा त्यो  पानी ओभरफ्लो भएर  भगवती पोखरीमा समेत पास हुने व्यवस्था मिलाएर यो वातावरणीय योजना को सुरूवात गरिएको थियो, यो पोखरी को निर्माण संगै  नजिकमा रहेका टृयुवेलहरूमा पानीको मात्रा वढेको तथा  गर्मीमा समेत नसुक्ने हुन थालेको नगरवासीहरूको प्रतिकृया आएको थियो। साविक नगरपालिकाको भवनको अगाडी उत्तरपुर्व तर्फ रहेको असोभनीय रूपमा रहेको सेफ्टि ट्यान्क  तथा फोहोर /कवाडहरू हटाइ सो वाटर रिचार्जिङ पोन्डको निर्माण गरिएको थियो।

 

ख-हटिया अतिक्रमण हटाइएकोः-

राजविराजको पुरानो ऐतिहासिक हटिया जहाँ  दैनिक जिवनका आवसयक प्राय सवै सामानहरूक खरिद विक्रि हुन्छ,  हरेक दिन नगरको सवैभन्दा भिडभाङको क्षेत्रको रूपमा रहेको यो क्षेत्रमा वातावरणीय प्रदुषणमा अत्याधिक रहेको, हरेक दिन महिला तथा वालवालिका माथि harassment हुने ठाँउ रहेको साँगुरो वाटो भएको कारणले वृध्द वृध्दा घाइते समेत हुने गरेको गोरू ले समेत दुखः दिने गरेको अवस्थामा नगरपालिकाले सो क्षेत्र को वातावरणीय ,यातायात लगायत चौतर्फी सुधारकोलागि सोक्षेत्रको अतिक्रमण हटाउने जस्तो अत्यन्त risky योजना अघि वढायो। यो योजना को सुरूवात संगै यो योजनालाइ असफल पार्न कानुनी तथा राजनैतिक,तथा सामाजिक अवरोध सुरू भए। अदालती निसेधाज्ञा  देखि राजनैतिक दवाव , अतिक्रमणकारीहरूको धम्की , असहयोग , विद्रोह आदि सवै सुरू भए।

वातावरणीय सुधार तथा दिगो विकासका काममा  ठुलो अवरोध भएपनि नगरपालिकाले अदालत वाट समेत कानुनी लडाइमा विजय हासिल गरि आफ्नो लक्ष्यमा अघि वढ्यो। जस्को फोटो वर्णन निम्नानुसार छ।

यसरी एउटा अत्यन्तै vunerable क्षेत्रमा नगरपालिकाले आफ्नो लक्ष्य मुताविक अघि  वढ्यो, स्वार्थसहित वातावरणीय तथा दिगो विकासमा पालिकाले उच्चकोटीको सफलता प्राप्त  गरि समकक्षी न.पा. माझ एउटा Benchmark खडा गर्न सफल भयो।

ग- नगरपालिका विभिन्न अवरूध्द अतिक्रमित गल्लीहरूको अतिक्रमण हटाउनु ,फोहोरहरू हटाउनु , सुरक्षीत वाटो तथा नालीहरू निर्माण गर्नुः-

स्थापनाको नक्सामा हरेक तीन घर पछि एक गल्लीको व्यवस्था भएपनि समय क्रम संगै राजविराजमा जनघनत्व वढदै गयो, र खाली गल्लीहरू अतिक्रमणको चपेटामा पर्दै गय। यो अतिक्रमण हटाउन स्पष्ट भिजन, स्पष्ट कार्य योजना तथा स्पष्ट सैध्दान्तिक अडानको खाँचो थियो।  सहरिया वातावरणलाइ स्वच्छ राख्न व्यव्स्थित नाली तथा खुला स्थल र फराकिलो वाटोघाटोको आवस्यकता पर्दछ।

राजविराजले उक्त समयावधी उपरोक्त सैध्दान्तिक आधार वोकेर भए भरका अवरूध्द  गल्लीहरू खोल्ने कठोर शाहस अघि वढायो। सो अवधिमा राजविराज न.पा.ले वडा न ४ पोखरेल टोल स्थित सडक , वडा नं ६ खरसाल टोल जाने गल्ली , व. न. ८ मा पर्ने वाटो, जिल्ला प्रशासन वाट  दक्षीण जाने गल्ली तथा वजारक्षेत्र का सवै स-साना गल्लीहरू र हटिया वरिपरि रहेका गल्ली हरू का फोहोरहरू हटाउदै ,अतिक्रमण भल्काउदै , सो क्षेत्रमा भएका पक्की स्थायी तथा अस्थायी संरंचनाहरू हटाउदै राजविराजलाइ फोहोर मुक्त सहर ,हरियाली सहर ,सभ्यहरूको सहर,चेतनसिलहरूको सहर वनाउने प्रयासको थालनी भएको थियो ।

घ. वृक्षारोपण तथा फोहोर व्यवस्थापनः– अध्ययन गरिएको उक्त तीन वर्षमा राजविराज न.पा.ले करिव १००० एकहजार भन्दा वढी वृक्षारोपण गर्यो। सरसफाइको व्यव्स्थापनकोलागि चारवाट ट्रयाक्टर खरिद गर्यो, फोहोर संकलन कोलागि वजार क्षेत्रमा डष्टविनहरू वितरण गर्यो।कुहिने र नकुहिने फोहोर संकलनका वजारक्षेत्रमा फलामे ड्रमहरू झुन्डायो। कुहिने वस्तु वाट  कम्पोष्ट मल वनाउन कम्पोष्ट सेडको निर्माण तथा स्थापना गर्यो। कम्पोष्ट सेडको लिच्चेड प्रवाह नियन्त्रण तथा माछा पालन कालागि कम्पोष्ट सेड पोखरीको निर्माण गर्यो। प्राय सवै नालीहरू सरसफाइ गरायो।

                            

ङ. पार्कहरको संरक्षण ,पुनरोत्थान तथा मरम्मतः-

एक्त उल्लेखित अवधीमा राजविराज न.पा.ले साकेत पार्कलाइ पुनर्जिवन दियो। कवाडी खाना जस्तो रहेको साकेत पार्कलाइ सुन्दर वगैचाको रूपमा परिणत गर्यो।

च. कम्पोष्ट सेड तथा लिच्चड व्यवस्थापन पोखरी निर्माणः-

कुहिने फोहोर व्यवस्थापन गर्ने मनसायले न.पा. ले  यो प्रोजेक्ट वनाय पनि यस्को प्रयोग भने पछिल्ला समयमा भएको देखिदैन।

छ.  कुहिने नकुहिने फोहोर संकलन गर्नै फलामे ड्रमहरूको व्यव्स्थापनः-

नगरपालिकाले कुहिने तथा नकुहिने फोहोर अलग अलग संकलन गर्न सो को लागि अलग अलग ड्रमको व्यव्स्था गरे पनि  न त फोहोर फ्याक्ने ले सो अनुरूप फोहोर विसर्जन गरे न त न.पा.ले नै अलग अलग रूपमा फरक गाडी पठाएर सो अनुरूप फोहोर संकलन गर्यो,अहिले पनि उक्त ड्रमहरूले नगरको सोभा विगारेको मात्र देखिन्छ।

ज. सुङगुर व्यव्स्थापनः-

न.पा.ले सो अवधी मा सुङगुरहरूले वजारहरू फोहोर गरेको  सुङगुर नियन्त्रण गर्न सुङगुर मार्ने अभियान चलाएको थियो।  मेहतर ,र डोम जस्ता गरिव जातीले पाल्ने गरेका सुङगुरूहरूको उचित व्यवसथापन नगरी सो लाइ नियन्त्रणको नाममा मारिदिनु लाइ किमार्थ उचित ठहर्याउन सकिन्न।

झ. सोलार सडक वत्तीः-

न.पा.ले सो अवधि मा सडक सोलार वत्तीहरूपनि जडान गरेको थियो। तर मर्मत संभारको अभावमा हाल उक्त सोलारहरूले सडकको सोभा वढउन को साटो घटाइरहेका छन।

४.निष्कर्ष.

विभिन्न कमि कमजोरीका वावजुद राजविराज न.पा.को उक्त ३ आ.व.का वातावरणीय व्यवस्थापन तथा दिगो विकास सित संवन्धित कार्यहरू चौतर्फी प्रशंसित नै रहे । मधेश आन्दोलन तथा न.पा. भित्रैको कर्मचारीको आन्दोलनालइ छिचोल्दै यो अवधीमा राजविराज न.पा. ले नभुतो नभविष्यती जस्तो रूपमा व्याख्या गर्न सकिने गरि आफ्नो क्षमता देखाउदै राष्टको ध्यान आफु तिर खिच्न सफल भएको देखिन्छ। यदि यस्तै कार्य लाइ निरन्तरता दिने हो भने वातावरणीय क्षेत्रमा स्थानीय सरकारहरू अझ सशक्त हुने निस्चित छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय