भारतमा एकैदिन थपिए १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रमित
सोमबार, जेठ १७, २०७८ मा प्रकाशित

काठमाडौं, जेठ १७। भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रति फेला परेका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ हजार १२८ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ८० लाख ४७ हजार नाघेको छ ।

त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण ३ लाख २९ हजार १०० जनाको मृत्यु भइसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा धेरै २८ हजारभन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । त्यस्तै कर्नाटकमा नयाँ संक्रमितको संख्या २० हजारभन्दा धेरै छ । केरलामा १९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा नयाँ संक्रमितको संख्या १८ हजारभन्दा धेरै छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २० लाख २६ हजारमा झरेको छ । अहिलेसम्म भारतमा २१ करोड ३१ लाख ५४ हजार डोजभन्दा धेरै कोरोना खोप लगाइसकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय