बर्दियालाई बिकास गर्न ढिला भै सक्यो

जेठ १७, २०७८

फरकसमाचार


अर्जुन सुवेदी 

बर्दियाको पुजि बाहिरीएको कारण नै बर्दिया पछाडी परेको हो । हिजोका दिनमा जमिन्दारी प्रथाका कारण जिल्ला भन्दा बाहिरका मानिसहरुको नियन्त्रणमा जग्गा जमिन थियो । बिस्तारै बसाइँसराइ, भुमिको हदबन्दी, पुर्नबासका कारण जग्गा जमिन टुक्रिदै गयो ।

बर्दियामा पंचायत काल देखि आजसम्म आशा लाग्दो बिकास जनताहरुले देख्न सकेका छैनन् । शिक्षा स्वास्थ रोजगारीका अबसर, भौतिक पुर्बाधारको बिकास हुन सकेको छैन । यसकारण पनि बर्दियामा कमाएको पुजि आज नेपालगन्ज, कोहलपुर, बुटवल, चितवन, पोखरा, काठमाडौ तर्फ पलायन भएको छ । यो अवस्था दुःखद छ ।

बर्दियामा धेरै संभावना बोकेको जिल्ला हो । पर्यटन, कृषि, औद्योगिक बिकासको राम्रो संभावना देखिन्छ । अबको ५ बर्षमा हरेक स्थानीय तहमा सडकका पुर्बाधार तयार हुनेछन् । मुर्तिहा भुरिगाउँ, गुलरिया राजापुर सडक, भुरिगाउँ तेलपानी सडक, रजनवा रंम्भापुर सडक, जमुनी फुटाहा कन्ठपुर सडक, राजापुर रिङ्गरोड, बबई सिचाइको बिस्तारको काम, बबई नदि नियन्त्रण, भेरि बबई ड्राइभरसन, नेपालगन्ज गुलरिया सडक बिस्तारका काम संपन्न हुनेछन् । त्यसपछी यस जिल्लाको हरेक क्षेत्रको संभावना अझ बढेर जानेछ ।

संघीय प्रदेश माननीय सहित जिल्ला समन्वय समितिको अगुवाइमा अब प्रत्येक पालिकाहरुले जिल्लामा अब के गर्न सकिन्छ भन्ने सबालमा छलफल बहस चलाएर एक सार्थक योजना बनाउन जरुरी छ । बर्दियाका ८ पालिकाले फरक फरक खालाका ८ बटा ठुला बिकासका पुर्बाधारका सम्बन्धमा योजना बनाउन जरुरी देखिन्छ ।

राजापुर र गेरुवा कृषिको हब क्षेत्र र कृषि कलेज, ठाकुरद्वारा मधुवन पर्यटनको हब र पर्यटन शिक्षालय, बारबर्दिया गुलरिया पशुपालन केरा, बदाम, तरकारी खेतिको क्षेत्र र बबई नदि तटिय क्षेत्रमा गृन करिडोर, विभिन्न स्थानमा पर्यटन स्थलको बिकास, बाँसगढि बढैयातालमा औद्योगिक क्षेत्रको बिकास गर्न सकिने संभावनालाई समन्वयात्मक तरिकाबाट अगाडि बढाउन अब ढिला भैसकेको छ ।

कुभ्भरको कपास बिकास समितिको क्षेत्रमा बहुउद्देश्यीय कलेज, अस्पताल, कृषिमा आधारित औद्योगिक क्षेत्र बनाउन सकिन्छ । बाटो पुल पुलेसा साना तिना योजना बार्डस्तरलाई जिम्मा दिएर पालिकाहरुले समयात्मक ढ्ङ्गबाट बर्दियालाई बिकास गर्न तिर सोच्न अब ढिला भै सक्यो है ।

(अर्जुन सुवेदी बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुन् ।)