नेपाली क्रिकेटबाट गुमनाम बनेका पाँच खेलाडी
बुधबार, जेठ १९, २०७८ मा प्रकाशित

काठमाडौं, जेठ १९ / नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको दुई दशक काटि सकेको छ । यो अवधिमा धेरै परिवर्तन र उथलपुथल भएको छ । सन् २०१४ बंगलादेशमा टि२० विश्वकप सहभागिता र २०१८ मा ओडिआई मान्यता प्राप्त नेपाली क्रिकेटका सर्वाधिक ठुला उपलब्धी पर्दछन् ।

पछिल्लो समयको सफलता र व्यवसायिक फ्रेन्चाइज लिगको यात्राले टोलीमा आन्तरिक प्रतिस्पर्धा बढ्दै गएको छ । राष्ट्रको लागि प्रतिनिधित्व गर्ने धेरैभएपनि लामो यात्रा र आफ्नो नाम स्थापित गर्ने थोरै खेलाडी छन् । नेपालको इतिहासमा पारस खड्का सर्वाधिक सफल खेलाडी हुन् । प्रदर्शन र सफलताले त्यो आफैं प्रष्ट्याउँछ ।

क्रिकेटमा खेलाडी टिममा पर्ने र बाहिरिने प्रक्रिया चलि रहन्छ । प्रशिक्षक र टिम व्यवस्थापनले आवश्यकता, क्षमता, अनुभव लगायत कुरा हेरेर निर्धारण गर्दछन् । खेलाडीको यात्रा प्रदर्शनमा निर्भर रहन्छ । राम्रो प्रदर्शन गर्ने खेलाडीले निरन्तर स्थान बनाउदै लामो यात्रा गर्छ । राम्रो प्रदर्शनले समर्थक र सुभचिन्तकमा लोकप्रियता पनि बढ्दै जान्छ ।

चोट, प्रदर्शन, लय, आर्थिक, पारिवारिक लगायत विभिन्न करण नेपाली क्रिकेटमा लामो यात्रा गर्ने र ठुलो सम्भावना बोकेका धेरै खेलाडीबीचमै हराएका छन् । केहि खेलाडी आजभोली देखि धेरै टाढिएका छन् । नेपाली क्रिकेटमा चर्चित थुप्रै खेलाडी अहिले गुमनाम भएका छन् । नेपाली क्रिकेटबाट गुमनाम बनेका ५ खेलाडी बारे जानकारी ।

५. चन्द्र सावद

तीव्र गतिका बलर चन्द्र सावदलाई सम्झन झण्डै एक दशक अघि फर्कनुपर्छ । चन्द्रले २०१२ मा हङकङविरुद्ध टि२० डेब्यू गर्दै ४ विकेट लिएका थिए । २०१२ यूएईमा भएको छनोटमा नेपाल सातौं स्थानमा रहँदै बाहिरिएको थियो । उक्त प्रदर्शनलले नेपाल पनि विश्वकप खेल्न सक्छ भन्ने राम्रो सन्देशका साथ फर्किएको थियो । नेपालबाट तीव्र गतिका बलरमा चन्द्र ९ खेलमा ११ विकेटका साथ सर्वाधिक विकेट लिने बलर बनेका थिए ।

स्पिनर शक्ति गौचनले १६ र वसन्त रेग्मीले ११ विकेट लिएका थिए । उक्त प्रदर्शनले चन्द्रले निरन्तर खेल्ने अनुमान गरिएको थियो । त्यसै वर्ष सेप्टेम्बरमा मलेसियामा भएको डिभिजन फोरको लागि चन्द्र नेपाली टोलीमा त परे तर खेल्न भने पाएनन् । त्यसपछि चन्द्र नेपाली क्रिकेटबाट चन्द्रमा जस्तै टाढिन पर्यो । केहि समय त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेले ।

गत माघमा आर्मीले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिता उपाधि जित्दा चन्द्र आर्मीका मुख्य प्रशिक्षक थिए । पूनरागमन बारे कुनै योजना छ भन्ने प्रश्नमा आर्मीबाटै खेल खेलिरहेको हुँदा केहि भन्न नसकिने चन्द्र जवाफ दिन्छन् ।

४. राहुल विश्वकर्मा (बलर)

आइसिसी विश्व क्रिकेट लिग डिभिजन फाइभको उपाधि नेपाललाई जिताउन २०१० को फाइनलमा अमेरिकाविरुद्ध स्पिनर राहुल विश्वकर्माले जादुमय प्रदर्शन गरेका थिए । घरेलु मैदान टियुमा बायाँ हातेस्पिनर राहुलले ८.२ ओभरमा २ मेडन सहित १५ रन खर्चेर ७ विकेट लिएपछि नेपालले पाएको १ सय ७३ रनको लक्ष्य ४६.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्दै उपाधि जित्यो । जुन नेपालले आइसिसीको सर्वाधिक ठुलो प्रतियोगिता उपाधि जितेको थियो ।

राहुलले नेपालको उमेर समूह देखिनै प्रतिनिधित्व गर्दै आएका थिए । सन् २००८ को यू१९ विश्वकपको प्लेट फाइनल सम्म पुर्याउन राहुलले ६ खेलमा १० विकेट लिएका थिए । नेपाललाई २०१३ को डिभिजन थ्रीको उपाधि जिताउन फाइनलमा युगान्डाविरुद्ध २ विकेट लिएका थिए । स्पिन बलिङ नेपाली क्रिकेट इतिहास देखिनै मुख्य हतियार बन्दै आएको छ । उक्त समय वसन्त रेग्मी, शक्ति गौचन, सञ्जम रेग्मी र राहुल गरि चार स्पिनरले सँगै फाइनल खेलेका थिए ।

राहुल २०१४ मा बंगलादेशमा भएको टि२० विश्वकप टोलीमा रहेपनि खेल्ने अवसर पाएनन् । त्यो नै उनको लागि अन्तिम भ्रमण बन्यो । आर्मीबाट घरेलु क्रिकेट खेल्ने राहुलले विभाग दुई महिनाअघि छोडेका छन् । पछिल्लो समय राहुल गृहजिल्ला रुपन्देहीमा छन् । रुपन्देहीमा पछिल्लो समय घरेलु क्रिकेट खेल्ने गर्दछन् ।

राहुल पहिला देखिनै चोटका कारण टोलीमा पर्न नसकेको बताउँछन् । अर्कोतर्फ आफूले खेल्ने मौका पनि नपाएको र लय पनि नरहेको जवाफ दिन्छन् । पुनरागमनको लागि तयारी गरिरहेको उनले रुपन्देही सुपर लिगमा केहि महिना अघि राम्रो प्रदर्शन गरेको बताउँछन् । अहिले चोट सुधारको क्रममा छ ।

३.अभिनाश कर्ण (बलर)

बायाँ हाते युवा तीव्र गतिका बलर अभिनाश कर्ण नेपाली क्रिकेटबाट टाढिएका युवा प्रतिभा हुन् । सन् २०१३ मा अफगानिस्तानविरुद्ध डेब्यू गरेका अभिनाशले झण्डै चार वर्ष नेपाली क्रिकेटबाट खेले । अभिनाशले यू१९ राष्ट्रिय प्रतियोगितामा बैतडीविरुद्ध एकै खेलमा १० विकेट लिदै कीर्तिमान कायम गरेका थिए ।

अभिनाश टि२० विश्वकप टोलीमा रहेपनि चोटका कारण खेल्न पाएनन् । अभिनाशले २०१४ जनवरीमा हङकङविरुद्ध लिष्ट ए र २०१५ मा नेदरल्यान्ड्सविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए । अभिनाशले पछिल्लो पटक २०१७ मा बंगलादेशमा भएको एसिसी इमर्जिङ टिम्स एसिया कप नेपालबाट खेलेका थिए । त्यसपछि उनी नेपाली टोलीमा छैनन् ।

अभिनाशको २०१४ मा विश्वकप तयारीको क्रममा दुबईमा दायाँ खुट्टा एंकलमा डाइभ हान्नेक्रममा चोट लागेको थियो । उक्त चोट बल्झिदा उनी २०१७ को इमजिङ टिम्स एसियाकप पछि पुन टोलीबाट बाहिरिएका थिए । त्यसपछि पुनरागमन गर्न सकेका छैनन् । त्रिभुवन आर्मीबाट घरेलु क्रिकेट खेल्ने अभिनाश कर्ण पछिल्लो समय पूनरागमनको तयारीमा छन् । तर आर्मीमा सोमपाल कामी, करण केसी, जितेन्द्र मुखिया र विक्रम सोब जस्ता खेलाडी हुँदा संघर्ष गर्नु परेको छ । हाल अभिनाश गृहजिल्ला वीरगञ्जमा छन् ।

२. नरेश बुढाऐर (ब्याट्सम्यान)

ओपनर नरेश बुढाऐर नेपाली क्रिकेटबाट पछिल्लो समय गुमनाम भएका ठुला नाम हुन् । ओपनिङ र ब्याटिङ नेपालको सर्वाधिक अस्थिर र चिन्ताको विषय हो । नरेश नेपाली ब्याटिङमा ठुलो आशाका किरण थिए । सन् २००९ मा एसिसी टि२० कप अन्तर्गत बहराइनविरुद्ध डेब्यु गरेका थिए ।

सन् २०१२ को यु१९ विश्वकप अन्तर्गत वार्मअप खेलमा न्युजिल्यान्डविरुद्ध १ सय १४ रनको शतकीय इनिङ खेलेपछि उनको चर्चा झनै बढेको थियो । टि२० विश्वकप हुँदै उनी नेपाली टोलीमा निरन्तर रहे । उनको ब्याटिङक्रम नेपाली क्रिकेटमा निश्चित थिएन । नरेशले २०१५ मा न्युजिल्यान्डमा युगान्डाविरुद्ध लिष्ट ए खेलमा डेब्यू गरेका थिए ।

नरेशले सन् २०१६ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नामिबियाविरुद्ध अप्रिलमा घरेलु मैदानमा नेपालबाट अन्तिम खेल खेलेका थिए । त्यसपछि नरेश नेपाली टोली बाहिर रहे । नेपाल लगातार नयाँ ओपनरको खोजिमा लाग्यो । एभरेष्ट प्रिमियर लिग (इपिएल) २०१८ डिसेम्बरमा काठमाडौं किंग्स ११ बाट खेलेसँगै उनी त्यसपछि क्यानडा गए । नरेश हाल क्यानडा एक एकेडेमीमा प्रशिक्षण दिनुको साथै खेल्ने गर्दछन् ।

१. सागर पुन (अलराउन्डर)

सागर पुन नेपाली क्रिकेटले पाएका एक उत्कृष्ट अलराउन्डर हुन् । स्पिन बलिङसँगै शीर्षक्रम देखि तल्लोक्रम सम्म ब्याटिङ गर्ने सागरले २०१३ मा सिंगापुरविरुद्ध डेब्यू गरेका थिए । सागर त्यसपछि नेपाली टोलीमा लगातार पहिलो रोजाईमा परे । तर खराब प्रदर्शन र लयका कारण सागर २०१७ मा टोलीबाट बाहिरिएका थिए ।

सन् २०१८ मा प्रधानमन्त्री कपमा उच्च प्रदर्शनका साथ सागर मलेसियामा अगष्टमा एसिया कप छनोट मार्फत पुनरागमन गर्दै राम्रो प्रदर्शन गरेका थिए । जसक्रममा यूएईविरुद्ध ओडिआई खेलमा डेब्यू गरेका सागर डिसेम्बरमा इपिएल खेल्नेक्रममा घाइते भएका थिए । इपिएल क्वालिफायरमा काठमाडौं किंग्सबाट ललितपुर प्याट्रियटसविरुद्ध बलिङ गर्नेक्रममा खुट्टा एंकलमा चोट लागेपछि शल्यक्रिया गरेका थिए । उक्त शल्यक्रियापछि सागर झण्डै दुई वर्ष मैदान बाहिर रहे ।

सागरले फिट भएपनि मैदान भने फर्किएका छैनन् । पछिल्लो समय नेपाली क्रिकेट देखि टाढा रहँदै आएका छन् । सागर गत वर्ष काठमाडौंमा रहेको एन्जल्स क्रिकेट एकेडेमीमा युवा खेलाडीलाई केहि समय प्रशिक्षण दिएका थिए । त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्ने सागर विभाग पनि छोडिसकेका छन् । पछिल्लो समय सागर नेपाली क्रिकेटबाट सम्पर्कविहिन छन् ।हाम्रोखेलकुदबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय