परोपकारी एसपि कार्की !
शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित

संक्रामक रोगको रोकथाम देखि सामाजिक अभियानमा समेत एसपि कार्कीले रुचि देखाउदा जनमैत्री प्रहरीको बिल्ला एसपि कार्कीको काँधमा थपिएको छ ।

बर्दिया,जेठ २१(फरक समाचार)

५४ साालमा प्रहरी सेवामा प्रबेश गरेका एसपि ईश्वर कार्की अढाई महिना अघि जिल्ला प्रहरी कार्यालयमा हाजिर भए । हक्की स्वभावका एसपि कार्कीले पुराना कामलाई प्राथामिकताका साथ अघि बढाउँदा फरार अपराधी पक्राउ र लागु औषध नियन्त्रण अभियानमा चासो देखाए । यसलाई पनि समाजका सुधार कडिका रुपमा औल्याएर अघि बढेको जिल्लावासीलाई महशुस भयो ।

चैत दोस्रो साता देखि दोस्रो लहरको कोरोना फैलियो । जाद्रो रुपमाा फैलिएको कोरोना संक्रमणको चेन तोड्न बर्दिया प्रमुख जिम्मेवारी बसेका एसपि कार्कीको काँधमा आयो । कुशुलता, निपुर्णता, योजनाका एक साथ अघि बढ्नु चुनौती र सम्भावना बराबरी जस्तो थियो ।
संक्रामक रोगको चेन तोड्न पुलिस कमान्ड गर्दा जति कडा देखिन पर्ने हो सामाजिक सदभावलाई समेत जोडेर अख्तियार गरेको योजनाले उनलाई जनमैत्री प्रहरीको रुपमा चिनाएको छ ।

परोपकारी र मनकारी शब्दले जनहितको रक्षा गर्ने गरेको बर्णन गर्छ । त्यस्तै कामको कारण परोपकारी र मनकारी भएर काम गरेको देख्दा साच्चै नै उनका प्रशंसक थपिन थालेका छन् ।
यतिबेला संक्रामक रोगको रोकथाम नियन्त्रणमा निषेधाज्ञासँगै स्वास्थ्य सामाग्री सर्वसाधरणको पहुचमा हुनु पर्ने उनी तर्क गर्छन् । पहिलो प्राथामिकता प्रहरी संगठनमा आबद्ध कर्मचारीले स्वास्थ्य मापदण्ड अपनाएर डिउटि गर्न उनको निर्देशन कडा छ । निर्देशन अनुसार काम कारबाही नभए म कडाईका साथ प्रस्तुत हुने उनले स्वीकारे ।

‘यो बेला फेस शिल्ड, माक्स, सेनिटाईजर उपलब्ध गराएको छु,’उनले भने,‘प्रहरी सुरक्षित भए मात्र अरुलाई सुरक्षा दिन सक्ने गरी सामाग्री अभाव हुन दिएको छैन ।’त्यति मात्रै होईन उनी पूर्ब प्रहरी कर्मचारी, अमर प्रहरी र बिपन्न समुदायमा संक्रामक रोग नियन्त्रणका लागि माक्स, सावुन सामाग्री बितरण गर्न उनी सक्रिय देखिएका छन् । लक्षित बर्गमा समेत एसपि साब पुगेर स्वास्थ्य सामाग्री बितरण कार्य सह्रानिय भएको स्थानीय बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष साहबुद्धिन शेषले बताए ।

‘विश्व नै कोरोना संक्रमणको लडाई लडिरहेको अबस्थामा यो भएन , त्यो भएन, नेताले गरेनन् भन्ने धेरै छन् । मन फुकाएर सहयोग गर्ने कमै भेटिने मध्येमा गनिएका कार्कीको लक्षित समुदायले जय जय कार गरे,’उनले सुनाए । टाँगावालाले स्वास्थ्य सामाग्री पाउँदा खुसी भएको उनले सुनाए ।

जिल्ला भरीका पूर्व प्रहरी र अमर प्रहरीलाई समेत स्वास्थ्य सामाग्री हात हातै पुराउँदा आत्म सन्तुष्टि मिलेको एसपि कार्कीले सुनाए ।
विपन्न प्रति समाज निकै अनुदार हुन्छ । गरिबिले गर्दा सबै दोषको भारी बोक्न पर्छ । जिवनयापन निकै कष्टकर बने पनि सहेर बाँच्नु पर्दाको अवस्था निकै दर्दनाक हुन्छ । गरिबिले जकडिएको अवस्थामा एक जना मात्र असल साथी पायो भने जिवनयापन सहज हुने विषय वस्तु यस ‘रियल स्टोरी’मा समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय