चायाबाट छुटकारा पाउन अपनाउनुस् यी घरेलु  उपाय
शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित

नरिवलको तेल

यो हामी सबैलाई थाहा छ कि नरिवलको तेल शिरको छालाका लागि निकै राम्रो हुन्छ । यसले कपालमा पनि सबै प्रकारका इन्फेक्सन र चाया समाप्त गर्छ । नुहाउनुभन्दा एक रात पहिले नरिवलको तेलले टाउको र कपामा राम्रोसँग मसाज गर्नुस् ।

घ्यु कुमारी

एलोभेरा अर्थात ध्यु कुमारीले पनि चायाको समस्याबाट राहत दिनसक्छ । यसमा रहेका प्रचुर गुणहरुले कपाल र छालालाई पनि धेरै फाइदा पु¥याउँछन् । यसले छालालाई सुख्खा हुनबाट पनि बचाउँछ । आफ्नो तालुमा एलोभेरा जेल लगाउनुस् र १५ मिनेट सुकाउनुस्, अनि फेरि पानीले धुनुस् ।

दही

हाम्रो तालुलाई शुष्कताबाट बचाउन दहील्े पनि महत्वपूर्ण भूमिका खेल्नसक्छ । यसका लागि आफ्नो शिरमा ३० मिनेटसम्म दही लगाएर राख्नुुस्  र फेरि शिरलाई  धुनुस् । दीका कारण हामीलाई चायाबाट मुक्ती मिल्छ । राम्रो परिणामका लागि तपाईले दहीमा तेल मिलाएर पनि शिर र कपालमा लगाउन सक्नुहुन्छ ।

एप्पल साइडर भिनेगर

एप्पल साइडर भिनेगर तालु चिलाउने समस्याबाट मुक्ति पाउनका लागि राम्रो विकल्प हो । एक चम्चा भिनेगरमा चार चम्चा पानी मिसाउनुस् । त्यसपछि कपासको सहयोगले त्यसलाई तालुमा लगाउनुस् । झन्डै आधा घण्टासम्म त्यसलाई तालुमै रहन दिनुस् र कपाललाई हल्का स्याम्पुले धुनुस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय