काठमाडौं, जेठ २१ " />
सुनको भाउ तोलामा १५ सयले घट्यो
शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित

 काठमाडौं, जेठ २१ । सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ । बिहीबार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ९३ हजार चार सय रुपैयाँमा आइपुगेको हो।

अन्तर्राष्ट्रिय मूल्यमा आएको उतार चढाबका कारण सुनको भाउ ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ  ९२ हवार ९ सय रुपैयाँ खरिद बिक्री मूल्य तोकिएको छ ।

बिहीबार उक्त सुनको प्रतातोला कारोबार मूल्य ९४ हजार चार सय रुपैयाा थियो । यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १३ यस ४० रुपैयाँ प्रतितोला कारोबार मूल्य तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर