पाकिस्तानमा दुई रेल ठोक्किए, कम्तीमा ३० जनाको मृत्यु
सोमबार, जेठ २४, २०७८ मा प्रकाशित

जेठ २४ / पाकिस्तानमा सोमबार बिहान दुई रेल ठक्कर खाँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

सिन्ध प्रान्तको डहरकी नजिकै सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेस एक अर्कासँग ठोक्किएका थुप्रै घाइते भएका छन् ।

रेडियो पाकिस्तानका अनुसार यो दुर्घटना सोमबार बिहानै घटित भएको हो र मृतकको आँकडा बढ्न सक्ने अनुमान गरिएको छ ।

रिपोर्टका अनुसार गम्भीर रुपमा घाइते यात्रीलाई अस्पताल पठाइएको छ । यस्तै रेलभित्र फसेका यात्रीलाई निकाल्नका लागि बचाउ अभियान सुरु भइसकेको छ ।

रेलवेका अनुसार मिल्लत एक्सप्रेस कराँचीबाट सरगोधा जबकी सर सैयद एक्सप्रेस रावलपिन्डीबाट कराँची जाँदै थियो ।

दुर्घटना घोटकी नजिकै डहरकी र रेतीको रेलवे स्टेशनबीच भएको हो । यो घटनापछि यो लिकमा रेलको आवतजावत रोकिएको छ ।

डेप्युटी कमिश्नर घोटकी उस्मान अब्दुल्लाहले जियो न्यूजलाई यो दुर्घटनामा कम्तीमा ४० जना घाइते भएको जानकारी दिएका छन् भने एसएसपी घोटकीले हालसम्म कम्तीमा ३० यात्री मारिएको जानकारी दिए । बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय