रगतमा अक्सिजन बढाउनका लागि खानुहोस् यस्ता खानेकुरा
बुधबार, जेठ २६, २०७८ मा प्रकाशित

अल्कलाइनयुक्त डाइटले रक्त सञ्चारमा अक्सिजनको स्तर बढाउने गर्छ भने यसले ल्याक्टिक एसिडको निर्माणलाई पनि रोक्दछ ।

अल्कलाइनयुक्त खानाले शरीरको पीएच स्तरलाई सामान्य बनाउँछ भने अंगलाई ठिक तरिकाले काम गर्न मद्दत गर्छ ।

भुइँकटरः

भिटामिन ए, बी, सीले भरपुर भुइँकटरबाहेक नासपाती र किसमिसको पनि पिएच भ्यालू ८.५ हो । यो एन्टी अक्सिडेन्ट फलले रगतलाई नियन्त्रित गरेर रक्तचाप कम गर्न सक्छ ।

भेडेखुर्सानीः

८.५ पीएच भ्यालु र भिटामिन एले भरपुर भेडेखुर्सानी रोग र तनाव पैदा गर्ने फ्रि रेडिकल्सबाट लड्नमा मद्दत गर्छ ।

कागतीः

एसिडिक कागती अक्सीजनयुक्त फल हो जुन खाएपछि शरीरभित्र अल्कलाइनमा परिणत हुन्छ । रुघा–खोकी, फ्लू, छाती पोल्ने र भाइरल रोगमा यसको सेवन गर्दा यो लाभकारी साबित हुन्छ ।

खरबुजाः

९ पिएच भ्यालुसहित सबैभन्दा धेरै अल्कलाइन भएको खरबुजा खाँदा रगतमा अक्सिजनको कमी पूरा हुन्छ ।

मेवाः

मेवासहित आँपमा पनि पिएच भ्यालू ८.५ हो । यी दुबै फलले मृगौला सफा गर्ने काम गर्छ ।

किवीः

रगतमा अक्सिजनको स्तर बढाउनका लागि किवी र फ्रुट जुस खानामा समावेश गर्नुहोस् ।

आरुः

फाइबरले भरपुर आरुको पिएच भ्यालू ८ हो । रगतमा अक्सिजनको स्तर बढाउनका लागि निश्चित रुपमा आरुको सेवन तपाईंका लागि फाइदाजनक हुन्छ ।

गाजरः

रगतमा अक्सिजनको कमीलाई पूरा गर्नका लागि एन्टी अक्सिडेन्टयुक्त गाजर, खजुर, पाकेको केरा, लसुन खानुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय