योगेश भट्टराईले लगाए माधव नेपाल माथी येस्तो आ’रोप
बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित

काठमाडौं, जेठ २६

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी बचाउन जरूरी भएको बताएका छन्।

 

उनले यसका लागि नेताहरू गम्भीर रूपमा छलफल गर्नुपर्ने र साझा निष्कर्षका साथ अभियानमार्फत् एकता बचाउन जरूरी रहेको उल्लेख गर्दै आज धारणा सार्वजनिक गरेका छन्।

 

उनले एमाले एकताका मुल जड नेताहरूबीच विश्वासको संकटका रूपमा देखिएको संकेत गरेका छन्।

 

 

अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल र माधवकुमार नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग साझेदारी गर्न तयार हुनु तथा खनाल र नेपाल ओलीसँगभन्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग गठबन्धन गर्न तयार हुनु नै पार्टी एकताको मुख्य जड भएको उल्लेख गरेका छन्।

 

यस्तो छ भट्टराईको भनाइ:

एमालेको एकताको मुल जड ?

कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने।

 

कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।

 

कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।

कसले, किन र के का लागि गर्दैछ यो सब? एमाले एकताको समस्याको मुल जड यहिँ छ।यस विषयमा कमरेडहरु बीचमा गम्भिर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत् एमालेको एकता बचाउन जरुरी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय