बर्दियामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित

बर्दिया, जेठ २७ (फरकसमाचार) / जिल्लामा थप ४२ जनामा कोरोना संक्रमण आज पुष्टि भएको छ ।

 

२१ महिला र २१ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ५ हजार १ सय ७१ पुगेको छ । त्यसैगरी आज २ सय ९३ जना निको भएका छन् । निको हुनेको संख्या ४ हजार २ सय १७ पुगेको छ ।

 

८ सय ३५ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ७ सय ८१ होम आईसोलेसनमा, ४७ अस्पतालमा र ७ जना आईसियुमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या १ सय १९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय