भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग
शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित

काठमाडौं, जेष्ठ २८ / नेपाली सेनालाई भारतीय सेनाले स्वास्थ्य सामग्री प्रदान गरेको छ। शुक्रबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

 

भारतीय सेनाले भेन्टिलेटर, आइसियु बेड, पिपिइ सेट र एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ।

 

प्रधानसेनापति थापाले राजदूत क्वात्रालाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि आभार तथा धन्यवाद प्रकट गरेका थिए।थाहाखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय