जेठ ३१ / पूर्व प्रधानमन्त्" />
पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना
सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित

काठमाडौं, जेठ ३१ / पूर्व प्रधानमन्त्री तथा एमाले पूर्वअध्यक्ष झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

‘पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा आएको सामान्य समस्याको कारण आज विहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको छ’, उनको सचिवालयले जानकारी दिएको छ ।

 

अहिले उनको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुलाई उदृत गर्दै सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय