बर्दियामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित

बर्दिया, जेठ ३१ (फरकसमाचार) / जिल्लामा थप ४४ जनामा कोरोना संक्रमण आज पुष्टि भएको छ ।

 

१९ महिला र २५ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ५ हजार ३ सय १६ पुगेको छ । त्यसैगरी आज ७७ जना निको भएका छन् । निको हुनेको संख्या ४ हजार ४ सय ७९ पुगेको छ ।

 

७ सय १४ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ६ सय ७६ होम आईसोलेसनमा, ३५ अस्पतालमा र ३ जना आईसियुमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या १ सय २३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय