गन्धर्व समुदायलाई स्वास्थ्य सामाग्री
मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित

बर्दिया, असार ०१(फरकसमाचार)

कोभिड महामारीको चपेटामा परेका गन्धर्व समुदायलाई स्वास्थ्य सामाग्र सोमबार वितरण गरिएको छ । बढैयाताल गाउँपालिका–४ बसोबास गर्ने गन्धर्व बस्तीका ७० घरपरिवारलाई प्रहरी उपरीक्षक ईश्वर कार्कीले स्वास्थ्य सामाग्री वितरण गरेका छन् । स्वास्थ्य सामाग्रीमा मास्क र साबुन लगायतका सामाग्री वितरण गरेको उपरीक्षक कार्कीले बतााए । महामारी संक्रमणको जोखिमबाट सहयोग पुग्ने विश्वासले गन्धर्व समुदायलाई स्वास्थ्य सामाग्री वितरण गरेको बताए । समाजमा एक अर्कालाई परेको बेला सहयोगी भावना देखाउनु पर्ने बताए । सामाग्री वितरण गर्दै उपरीक्षक कार्कीले समुदाय र प्रहरी बिच नङ मासुको जस्तो सम्बन्ध रहेको बताए ।

समुदाय र प्रहरी मिल्यौं भने हाम्रो समाज सुन्दर बन्ने बताए । समुदायमा वर्दीवाला र बिनावर्दीवालाको महत्वपुर्ण भुमिका रहने बताए । अपराध अनुसन्धान तथा समाजमा हुने विकृती न्युनिकरणमा प्रहरीलाई सहयोग गर्न कार्कीले अनुरोध गरे । उपरीक्षक कार्कीले गन्धर्व समाज बर्दियाका अध्यक्ष दिलीप गन्धर्वलाई स्वास्थय सामाग्री हस्तान्तरण गरेका हुन् । महामारीबाट जोगिन गन्धर्व समुदायलाई आग्रहसमेत गरेका थिए । आफ्नो पराम्परागत गायन पेशालाई अझै जिवन्त राखेकोमा धन्यवाद दिए । आफ्नो भावी पुस्तामा यस पेशालाई हस्तान्तरण गर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय