युरोकप : आज पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुने
मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित

युरोकपमा नेपाल समयअनुसार ९ बजेर ४५ मिनेट जाँदा पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल हंगेरीको बुडापेस्टस्थित रंगशालामा हुनेछ । पोर्चुगल युरोकपको डिफेन्डिङ च्याम्पियन हो । त्यसैले आजको खेलमा उसको स्पष्ट लक्ष्य जित नै हुनेछ । फेरि, यो समूह सहज पनि छैन ।यसपछि जर्मनी र फ्रान्ससँग खेल्नुपर्ने भएकाले पनि दुबै टोली प्रतियोगिताको उत्कृष्ट सुरुआत चाहन्छन् । पोर्चुगलसँग धेरै स्टार खेलाडी छन् । कप्तान क्रिष्ट्रियानो रोनाल्डो सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोलको किर्तिमान बनाउनबाट ५ गोलले पछि छन् ।

उनले अहिलेसम्म १ सय ४ गोल गरिसकेका छन् । (नोटः सार्वधिक अन्तर्राष्ट्रिय गोल ईरानका अली देईको नाममा छ, उनले १ सय ९ गोल गरेका छन् ।)

पछिल्लो फर्म 
पछिल्ला ६ खेलमा पोर्चुगल अपराजित छ । पोर्चुगलले ४ खेल जितेको छ भने दुई खेल बराबरी खेलेको छ । यता, हंगेरी पछिल्ला ११ खेलयता अपराजित छ । उसले पछिल्ला ६ खेलमध्ये चार खेल जितेको छ र दुई खेल बराबरी खेलेको छ । तर, अहिलेसम्म हंगेरीले पोर्चुगललाई हराउन सकेको छैन ।

उनले अहिलेसम्म १ सय ४ गोल गरिसकेका छन् । (नोटः सार्वधिक अन्तर्राष्ट्रिय गोल ईरानका अली देईको नाममा छ, उनले १ सय ९ गोल गरेका छन् ।)

पछिल्लो फर्म 
पछिल्ला ६ खेलमा पोर्चुगल अपराजित छ । पोर्चुगलले ४ खेल जितेको छ भने दुई खेल बराबरी खेलेको छ । यता, हंगेरी पछिल्ला ११ खेलयता अपराजित छ । उसले पछिल्ला ६ खेलमध्ये चार खेल जितेको छ र दुई खेल बराबरी खेलेको छ । तर, अहिलेसम्म हंगेरीले पोर्चुगललाई हराउन सकेको छैन । साभार रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय