प्रहरीले हराएको मोबाईल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझायो
बिहिबार, असार ०३, २०७८ मा प्रकाशित

बर्दिया, असार ३(फरकसमाचार) / हराएको मोबाईल प्रहरीले फेला पारी बुधबार सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

 

गुलरिया नगरपालिका–६ निवासी माधव बहादुर कवँरले हराएको मोबाईल खोजिदिन जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालयमा निवेदन परेपछि प्रहरीले मोबाईल खोजतलास गर्न सुरु गरेको थियो ।

 

प्रहरीले हराएको मोबाईल फेला परी सम्बन्धित व्यक्ति कुवँरलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर