बर्दियामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि
बिहिबार, असार ०३, २०७८ मा प्रकाशित

बर्दिया, असार ३ (फरकसमाचार) / जिल्लामा थप २५ जनामा कोरोना संक्रमण आज पुष्टि भएको छ ।

 

११ महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ५ हजार ४ सय ३५ पुगेको छ । त्यसैगरी आज ८७ जना निको भएका छन् । निको हुनेको संख्या ४ हजार ६ सय ९९ पुगेको छ ।

 

६ सय १२ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ५ सय ६८ होम आईसोलेसनमा, ४१ अस्पतालमा र ३ जना आईसियुमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या १ सय २४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर