दाङमा एक पुरुषले गरे श्रीमतीको हत्या
बिहिबार, असार ०३, २०७८ मा प्रकाशित

दाङ, आषाढ ३ / घोराहीमा घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बन्चरो प्रहार गरि ४६ वर्षीय स्यानाकुमारी चौधरीको हत्या गरेका हुन् ।

घरायसी विवादका कारण चौधरीले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको छ  ।

घरायसी विवादपछि बुधबार चौधरीले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरि सख्त घाइते बताएका थिए ।  उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा स्याना कुमारीको बिहीवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।  बन्चरो प्रहार गर्ने चौधरीलाई प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान शुरु गरेको जनाइएको छ । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय