बर्दियामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

असार ०४, २०७८

फरकसमाचार


बर्दिया, असार ४ (फरकसमाचार) / जिल्लामा थप २३ जनामा कोरोना संक्रमण आज पुष्टि भएको छ ।

 

५ महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ५ हजार ४ सय ६७ पुगेको छ । त्यसैगरी आज ६९ जना निको भएका छन् । निको हुनेको संख्या ४ हजार ७ सय ६८ पुगेको छ ।

 

५ सय ७५ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ५ सय ३२ होम आईसोलेसनमा, ३९ अस्पतालमा र ४ जना आईसियुमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या १ सय २४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।