ईलाका प्रहरी कार्यालय मैनापोखरको परिसरमा मंन्दिर शिलान्यास
शुक्रबार, असार ०४, २०७८ मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल
बर्दिया, असार ४ / ईलाका प्रहरी कार्यालय मैनापोखरको परिसरमा कालिका मंन्दिरको शिलान्यास शुक्रबार भएको छ ।

 

लुम्बिनी प्रदेश सभा सदस्य कविराम थारुले उक्त मंन्दिरको शिलान्यास गरेका हुन् । मंन्दिर स्थानीय व्यापारी, उद्योगी, समाजसेवी लगायतका दाताहरुको आर्थिक सहयोगमा निर्माण भईरहेको उपभोक्ता समितिका अध्यक्ष हिमालय त्रिपाठीले बताए ।

 

उक्त मंन्दिर निर्माणका लागि केही रकम लुम्बिनी प्रदेशका सभा सदस्य थारुले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । ईलाका प्रहरी कार्यालयमा रहेको पुरानो मन्दिर परिसर बाहिर परेकोले पुजापाठ गर्न कठिनाई भएको प्रहरी निरीक्षक धर्मराज जोशीले बताए । मैनापोखरका उद्योगी, व्यापारी र समाजसेवीको सहयोगमा ईलाका प्रहरी कार्यालय परिसर भित्र मंन्दिर निर्माण हुने भएकोले निरीक्षक जोशीले खुशी व्यक्त गरे । मंन्दिर २ तल्लाको निर्माण हुनेछ । मंन्दिर निर्माण गर्न ६ लाख लागत लाग्ने अनुमान गरिएको छ । मंन्दिर निर्माणको कार्य २ महिनामा सम्पन्न गर्ने लक्ष्य उपभोक्ता समितिले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय