बलिउड अभिनेत्री गहनालाई हृदयघात
मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित

मुम्बई, असार २२। फिल्म ‘गन्दी बात’ अभिनेत्री गहना बशिष्ठ अस्पताल भर्ना भएकी छन् । हृदयघातको कारण उनलाई अस्पताल भर्ना गरिएको हो । जसको जानकारी उनका प्रवत्ता फ्लिन रेमेडियोसले दिएका छन् ।

रेमेडियोसले मिडियासँग कुरा गर्दै गहनालाई शनिबार हृदयघातका कारण पिश्चम मुम्बईको एक अस्पतालमा लगिएको र आफु मिल्न समेत जान नपाएको बताए । उनले अगाडि भने ‘गहनाको अस्पताल भर्ना गरिएको, उनी बेहोस रहेको र कसैसँग बोल्न नसक्ने रहेको भनिएको छ ।’

यस अगाडि पनि २०१९ मा सुटिङको सिलसिलामा गहना गम्भिर बिरामी परेकी थिइन् । त्यो समय उनले केही नखाई काम गरिरहेकी थिइन् । जसको कारण उनी बेहोस भएकी थिइन् । सो समय उनी कयौ दिनसम्म पनि अस्पतालमा बेहोश रहेको बताइन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय