प्रियंका र आयुष्मानको खुशी
सोमबार, असार २८, २०७८ मा प्रकाशित

काठमाण्डौं, असार २८ / नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हिजोआज खुशी साटिरहेका छन् । नायिका कार्कीले गतवर्ष आफू आमा बन्न लागेको खुशी सार्वजनिक गरेपछि उनी हरेक दिनजसो नै सामाजिक संजालमा आफ्नो खुशी व्यक्त गरिरहेकी हुन्छिन् ।

प्रियंकालाई केही दिन अगाडि मात्र उनका साथीहरुले ‘बेबी सावर’को आयोजना गरेर खुशी दिएका थिए । अब उनका श्रीमान् आयुष्मानले पनि ‘बेबी सावर’को आयोजना गरेका छन् । नायिका कार्कीले यो वर्ष आफ्ना लागि निकै नै खुशीको वर्ष रहेको र आफूहरुले खुशी साटिरहेको उल्लेख गरेकी छिन् ।

प्रियंकाले आयुष्मानको साथले आफ्नो पेटमा एउटा यस्तो जीवन हुर्किरहेको उल्लेख गर्दै यसलाई प्रेम, खुशी, सन्तुष्टि र नयाँ सुरुवातका लागि तयार रहेको उल्लेख गरेकी छिन् । उनले आफूले चाहेको सबैथोक आयुष्मान भएको पनि लेखेकी छिन् । नायिका कार्कीले परिवारमा आउने नयाँ सदस्‍यलाई स्वागत गर्नका लागि आतुर रहेको बताएकी छिन् ।

नायिका कार्की केही दिनमा नै आमा बन्दैछिन् । सामाजिक सञ्‍जालमा विभिन्‍न कारणले चर्चा र आलोचना भएपनि आयुष्मान र प्रियंकालाई यसले खासै प्रभाव पारेको छैन । उनीहरु आफ्नै तरिकाले जीवनलाई अगाडि बढाइरहेका छन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय