वैदेशिक रोजगारीमा जानेलाई जोन्सन एण्ड जोन्सनको खोप दिन आग्रह
बिहिबार, असार ३१, २०७८ मा प्रकाशित

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एन्ड जोन्सनको खोप दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ ।

विदेश जाने श्रमिकलाई एक जोड मात्रा लगाए हुने जोन्सन एन्ड जोन्सनको खोप दिन कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई वैदेशिक रोजगार मन्त्रालयले आग्रह गरेको हो ।

कोरोनाविरुद्धको खोप नलगाई साउदी अरब, कतार लगायतका खाडी र अन्य श्रम गन्तब्य मुलुक जाने नेपाली कामदारलाई सम्बन्धित मुलुक पुगे पश्चात अनिवार्य क्वारेन्टिन बस्नुपर्ने हुन्छ ।

यस्तै कोरोना परीक्षण गर्दा पीसीआर रिर्पोट नेगेटिभ आएमा पनि थप होम क्वारेन्टिन बस्नुपर्ने जस्ता प्रावधान रहेकाले क्वारेन्टिन बस्दा एक लाख रुपैयाँसम्म कामदार तिर्न बाध्य भएको सामाजिक सुरक्षा मन्त्रालयद्धारा कोभिड — १९ संकट व्यवस्थापन केन्द्रलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

सरकारले यसअघि विदेश जाने श्रमिकलाई भेरोसेल खोप दिने निर्णय गरेको थियो । साभार रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय