जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले अघिल्लो आव भन्दा बढी राजश्व उठायो
बिहिबार, असार ३१, २०७८ मा प्रकाशित

ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या गत आर्थिक बर्ष भन्दा कम भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले राजश्व रकम भने चालू आर्थिक बर्ष २०७७/०७८ मा गत आवमा भन्दा बढी संकलन गरेको छ।

आर्थिक बर्ष २०७७/०७८ को असार मसान्त सम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ७ लाख ३८ हजार ५ सय रुपैंया राजश्व संकलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत सागर दाहालका अनुसार अघिल्लो आव २०७६/०७७ मा ६लाख ९८ हजार ५ सय रुपैंया राजश्व संकलन भएको थियो।

दाहालका अनुसार चालू आवमा १ हजार ८५ वटा सवारीलाइ ट्राफिक नियम उल्लंघन गरे बापत कारवाही गरिएको छ। मापद पदार्थ सेवन गरी सवारी चलाउने,हेलमेट नलगाउने,नम्बर प्लेट नभएका र लापरवाही पूर्वक सवारी चलाउने जस्ता ट्राफिक नियम उल्लंघन गर्नेहरु कारवाहीमा परेका हुन्।

दाहालका अनुसार ६ सय वटा मोटरसाइकल,२ सय ७५ वटा जीप,१ सय ४९ वटा ट्राक्टर,४२ वटा ट्रक र १९ वटा अटो (टेम्पो)चालक सवारी नियम उल्लंघन गरे बापत कारवाहीमामा परेका छन्। अघिल्लो आवमा १ हजार १ सय ५० वटा सवारी कारवाहीमा परेका थिए। गत साउन १ गतेबाट यो असार ३१ सम्मको अवधिमा जम्मा १७ वटा दुर्घटना भएको समेत जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ति घटनामा परी ५ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउने सबै पुरुष रहेको समेत जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा २३ जना घाइते भएका थिए। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय