आठ बर्ष पछि बल्ल खोप मुक्त घोषणा
शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित

बर्दिया, साउन १ (फरकसमाचार)

आठ बर्ष पछि औपचारिक रुपमा बर्दिया जिल्लालाई विहिवार खोप मुक्त जिल्ला घोषणा गरिएको छ ।
गुलरियाको कृष्णसार रिसोर्ट आयोजित औपचारिक कार्यक्रममा जिल्लालाई पूर्ण खोप मुक्त जिल्ला घोषणा गरिएको हो ।
८ बर्ष अघि ठाकुरबाबा शिवपुरबाट शुरु गरिएको खोप कार्यक्रमले अहिले आएर खोप मुक्त घोषणा गरिएपछि महत्वपुर्ण उपलब्धि हासिल गरिएको औपचारिक कार्यक्रमका वक्ताहरुले धारणा राखे ।

जिल्ला खोप मुक्त कार्यक्रमको उद्घाटन पूर्व राज्य मन्त्रि बिमला विकले गरेकी थिईन । पानसमा दियो बालेर उद्घाटन शत्र संचालन गरिएपनि अधिकांश स्थानीय तहका नगर प्रमुख कार्यक्रममा उपस्थित थिएनन् ।

कार्यक्रममा सहभागि भएका मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्री र बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारुले आयोजकले उपलब्ध गराएको सम्मान पत्र ग्रहण गरेका थिए । स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा गैरसरकारी संस्था लगायत अन्य सरोकारवाला संघ संस्थाको उपस्थितीमा खोप मुक्त कार्यक्रम सभा सम्पन्न भएको छ ।

जिल्ला खोप मुक्त घोषणा भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । ‘लामो समयको प्रयासपछि जिल्ला खोप मुक्त घोषणा भएको हो ’उनले भने,‘ठाकुरबाबाको शिवपुरबाट शुरु गरिएको अभियान अन्तत सफल भयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर