अक्सिजन ज्यान बचाउँने साधन बन्यो
शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित

बर्दिया, साउन १ (फरकसमाचार)

दोस्रो चरणको कोरोना लहरको शुरुवातमै कोरोना संक्रमित भएकी कमला घिमिरे अक्सिजन ज्यान बचाउँने साधन भएको बताएकी छन् । गुलरिया नगरपालिका–६ मा बस्ने उनी बैशाख १० गते संक्रमण पुष्टि भएसँगै अक्सिजन नहुँदा ज्यान गुमाउँने अवस्थामा पुगेको उनले अनुभव साटिन । संक्रमण पुष्टिसँगै अधिकांशले यस्तै खाले अनुभव साटेको उनले बताईन् ।

गुलरिया नगरपालिका–६ कि घिमिरेलाई बैशाख दोस्रो साताको सोमबार राती एका एक स्वास प्रश्वासमा समस्या देखिन्छ । दश गते कोभिड–१९ पुष्टि भएकी घिमिरेलाई सकस भएपछि अक्सिजन सहितको शैया सदरमुकाम गुलरियामा खोज्दा नभेटिएको उनले स्मरण गरिन् ।
अक्सिमिटर खोज्दा सदरमुकामका फार्मेसी र बर्दिया जिल्ला अस्पतालमा समेत नभएकोले ज्यान जाने जोखिम बढेको थियो । अक्सिजन

लेवल ९० भन्दा तल भएपछि स्वास्थ्यकर्मीको भाषामा क्रिटिकल विरामीको संज्ञा दिन्छन् ।
घिमिरेको स्वास्थ्य अवस्था बिग्रिएपछि बर्दिया रिफर सेन्टर मानिएको बाँकेको कोहलपुर शिक्षण अस्पताल र भेरी अस्पतालमा भर्ना लिन ठाडै अस्विकार गर्छ । नेपालगंजबाट अक्सिमिटर झिकाएर अक्सिजन लेवल जाँच्दा ८० तल मापन हुन्छ ।

अन्तत, गुलरिया देखि उत्तरमा पर्ने बारबर्दिया नगरपालिका आईशोलेशन सेन्टरले भर्ना लिन्छ । चिकित्सकको उपलब्ध गराएको गुणस्तरिय स्वास्थ्य उपचार पछि घिमिरे आइशोलेशनबाट १७ दिनपछि घर फिर्छिन् ।

विकास पुर्बाधारसँगै स्थानीय तहले स्वास्थ्य क्षेत्रमा समेत अब्बल हुनु पर्ने उनको भनाई छ । अक्सिजको अभाब तथा रोगको संकटमा स्थापना भएको अक्सिजन बैकलाई सहयोगि हातले प्रदान गरेको रकमले सेवा विस्तार गर्न मद्दत पुग्ने बैकका संयोजक भरत पौडेलले बताए ।

उनका अनुसार दाताहरुको सहयोगले गर्दा जस्तो सुकै बिपद्मा पनि काम गर्ने बैक परिवारको सक्षम भएको छ ।
आफु विरामी पर्दा अक्सिजन नपाएर ज्यान जाला जस्तो भयो ।

बर्दिया जिल्लाको हरेक स्थानीय तहलाई अक्सिजन पुराउँने उदेश्य संचालनमा आएको अक्सिज बैकलाई ४० हजार सहयोग गर्न पाउँदा गर्वान्वित महशुश गरेको छु । अक्सिजन बैकले अक्सिजन बेलैमा पु¥याई दिदा म जस्ता धेरैको ज्यान जोगिएको घिमिरे बताउँछिन् । मेरो जस्तो सानो सहयोगले कोभिडको संक्रमण परेका म जस्ता अशक्त कोभिडका विरामीले पुनः जन्म पाउँनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय