ठाकुरबाबा नगरपालिकाको भुक्तानीमा व्यापक अनियमियतता
सोमबार, साउन ०४, २०७८ मा प्रकाशित

बर्दिया, साउन ४ / ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको मिलिमतोमा कागज पत्र मिलाएर गरिएको भुक्तानीमा व्यापक अनिमियता गरेको पाईएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको शर्शत अनुदान, भौतिक पूर्बाधारका लागि गठित उपभोक्ताको भुक्तानी, संकलन भएको राजश्व र कन्टिजेन्सीमा रकममा व्यापक अनियमियता गरेको तथ्य सार्वजनिक भएको छ । विकास खर्चको २ दशमलब ५ देखि तीन सम्म कन्टिजेन्सीमा जम्मा गर्ने प्रचलन छ । कन्टिजेन्सीको विकास पूर्वाधार लगाएर काम गर्न पर्ने नियम लत्याएर अन्यत्र खर्चमा भुक्तानी गरेको पाईएको हो । अतिथि सत्कार शिर्षकमा नियम मिचेर दश लाख बढि भुक्तानी गरिएको स्रोतको दाबी छ ।

ठाकुरबाबा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत विभिन्न ठाउँमा बाटो निर्माण गरेको रकम शर्शत अनुदानबाट भुक्तानी गरेको तथ्य सार्वजनिक भएको छ । २ सय ४८ दिन काम गराएर भुक्तानी गर्नु पर्ने रकम एक सय जना कार्यकर्तालाई हाजिर गराएर लेखा अधिकृत युवराज अधिकारीको संलग्नतामा भुक्तानी गरेको स्रोतको दाबी छ ।
उपभोक्ता समिति मार्फत निर्माण भएका उक्त बाटो निर्माणको काममा सहभागी नै नभएका स्थानीयको हाजिर देखाएर समेत नगरपालिकाले भुक्तानी दिएको खुलासा भएको हो ।

शर्शत अनुदानको रकम नगर प्रमुख घन नारायण श्रेष्ठ, प्रशासकिय अधिकृत रामहरि रिजाल लेखा प्रमुख अधिकारीको संलग्नता काम नै नगरेकाहरुलाई फर्जी हाजिरी देखाएर १०० दिन बराबरको ज्याला भुक्तानी गराइ रकम हिनामिना गरेको स्थानीयको आरोप छ । ‘मिलिमतोमा काममा भएको अनिमियता सम्बन्धित निकायले छानविन गरेमा ठाकुरबाबा नगरपालिमा भएको ठूलो अनिमियता छरपष्ट हुन्छ,’एक स्थानीयले भने ।

ठाकुरबाबा नगरपालिकामा २ करोड ३१ लाख प्रधानमन्त्री स्वरोजगार कार्यक्रम विनियोजन भएको रकम मध्य ३० लाख प्रिज गरेर एक सय जनाको बराबरलाई दिन पर्ने भुक्तानी अनिमियतता गरको स्रोतको दाबी छ । निर्वाचनको बर्ष भएकाले वितरणमुखी बजेटलाई ठाकुरबाबा नगरपालिकाले निरन्तरता दिईरहेको स्थानीयको आरोप छ । कन्टिजेन्सीमा शिर्षकमा भुक्तानी भएका सामान खरिद बिल भर्पाई मिलाएर भुक्तानी गरेको खुलासा भएको छ । स्रोतका अनुसार खरिद भएको सामाग्री स्टोर समेत दाखिला गरिएको छैन ।

भौतिक पूर्वाधारका आयोजनाहरुको काममा मूल्याकंन बढाएर भुक्तानी दिएको नगर प्रमुख माथी अर्को आरोप छ । उपभोक्तालाई नाममा ठेकेदारले जिम्मा दिएका भौतीक पूर्बाधारको काममा प्राबिधिकले बढि भन्दा बढि मूल्याकंन गरेर भुक्तानी दिएको आरोप छ । बिभिन्न शिर्षकमा नीतिगत रुपमा भ्रष्टाचार गरिएकाले ठाकुरबाबा नगरपालिकाका कर्मचारी नै असन्तुष्ट छन् ।

‘यँहा कुनै एक हाथ बाहेक नियम पूर्ब भुक्तानी भएको छैनन’ नाम नखोल्ने शर्तमा एक कर्मचारीले भने,‘लेखाले कागज पत्र तयार पार्ने नगर प्रमुख निर्देशन चेक कटाउँन गिरोह नै सक्रिय छ ।’ नगर प्रमुख श्रेष्ठसँग शर्शत अनुदान रकमको दुरुपयोग र अनिमियतताको बारेमा जिज्ञाशा राख्न तीन दिन सम्म फोन गर्दा फोन उठेन । ’शर्शत अनुदानको रकम अन्यत्र खर्च गर्न नसकिने प्रमुख प्रशासकिय अधिकृत रिजालले बताए । ‘बिपक्षीले लगाएको आरोप मात्र हो, यस नगरपालिकामा अनिमियतता भएको छैन,’उनले भने ।

शिक्षा प्रमुखलाई प्रमुख प्रशासकिय अधिकृत जिम्मेवारी

केपी ओली समर्थक नगर प्रमुख श्रेष्ठले पहुँचको भरमा दुई वर्ष अघि देखि शिक्षा शाखा प्रमुख रामहरि रिजाललाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएका छन् । पहुचको भरमा श्रेष्ठले रिजाललाई दिएको जिम्मेवारी प्रति अन्य कर्मचारीको तिब्र असन्तुष्टि छ । नगर प्रमुख श्रेष्ठको चर्को दबाबमा प्रमुख प्रशासकिय अधिकृत रिजाल र लेखा अधिकृत अधिकारीले नियम लत्याएर भुक्तानी दिएको आरोप छ ।

प्राकृतिक स्रोत साधन (ढुगा, गिट्टी र बालुवा) टेण्डर आह्वान, नगर शिक्षक भर्ना र शिक्षक सरुवा मनपरी ढंगले नगर प्रमुख श्रेष्ठको निर्देशनमा अनियमित काम गरेको प्रमुख प्रशासकिय अधिकृत रिजाललाई आरोप लागेको छ । ‘शिक्षा शाखा प्रमुखलाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिईएको छ’ एक शिक्षकले भने, ‘प्रमुख प्रशासकिय अधिकृत रिजालले नगर प्रमुख श्रेष्ठको चर्को दबाबमा काम गर्दा चौतर्फी बिरोध भईरहेको छ ।’स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय