चीनको हेनान प्रान्तमा रेकर्ड वर्षापछि डुबान
बुधबार, साउन ०६, २०७८ मा प्रकाशित

एजेन्सी, साउन ६ / मध्य चीनमा भारी वर्षासँगै आएको बाढीले मानिसहरुलाई घर छाड्न बाध्य बनाएको छ भने रेल वे स्टेसनदेखि सडक जलमग्न भएका छन् । हेनान प्रान्तका १० हजारभन्दा बढी मानिस रेकर्ड वर्षापछि घर छाडेर आश्रयस्थलमा बस्न बाध्य बनेको बीबीसीले जनाएको छ ।

झेङझाउ सहरमा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारी वर्षाका कारण एक दर्जनभन्दा बढी शहरहरु जलमग्न बनेका छन् भने मुख्य सडकहरू बन्द रहेका छन् भने हवाई उडानहरु पनि रद्द बनेका छन् ।

अस्वभाविक रुपमा भएको भारी वर्षापछि ९.४ करोडको बसोबास रहेको हेनान प्रान्तमा मौसमबारे सबैभन्दा उच्च चेतावनी जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय