बाघ संरक्षण सबत्र चासो, मान्छे खाई रहँदा सबै मुक दर्शक
बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित

बर्दिया, साउन ७ (फरकसमाचार)

शनिबार ठाकुरबाबा नगरपालिका–६ मोतिपुरका ७० वर्षिय गोरे थापालाई बाघले खायो । थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएका थिए । बाघले खाएको उनको शव छेदविच्छेद अवस्थामा आईतबार भेटियो । त्यसैगरी असार तेस्रो साता घाँस दाउरा लिन गएका मधुवन नगरपालिका–३ का ६७ वर्षिय चित्रबहादुर केसीको बाघ आक्रमणबाट ज्यान गयो ।

एक वर्षको अवधिमा मधुवन–३ वडामा पर्ने भग्रैया र धनौरा गाउँका छ जनालाई बाघले खायो । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जताततै यस्तै गरी बाघ आक्रमणले १३ जना बाघको आहार बनिसकेको रेकर्डले पुष्टि गर्छ ।

बाघको गाँस बनेका सर्वसाधरणलाई यति बेला बाघ संरक्षणको नामले निम्त्याएको दुखान्त भनेर दुःखी छन् ।

जनताको छोरा वा छोरी बाघले खादा संरक्षणको नाम जप्ने संघ, संस्था, सरकारी निकायको वेवास्ताका कारण मान्छे खाने बाघ नियन्त्रणमा लिन नसक्नु दुखदायी भएको छ । ६ जनाको ज्यान लिने बाघलाई समात्न नसक्नु दुखदायी भएको मधुवनका नगरपालिका–३ का स्थानीय राम बहादुर थारुले सुनाए । यस क्षेत्रमा ‘दिनहु मानिसहरुको ज्यान गईरहको छ, राज्य मुखदर्शक बनिरहेको छ,’उनले भने ।

बाघले दोहोराईरहेको आक्रमणमा परेर दुखी वनेका परिवार यतिवेला विक्षप्त छन् । बाघ आक्रमणको विषयमा सम्बन्धित निकाय गम्भिर नदेखिएको स्थानीयको आरोप छ ।

बाघको आक्रमणबाट सिंगो जिल्ला त्रास फैलिएको छ । यस्तै जेठको दोस्रो साता मधुवन नगरपालिका–५ की ६८ वर्षिय नन्द कला थापा साग टिप्न जाँदा बाघको आक्रमणमा परि ज्यान गएको थियो । पछिल्लो समय बाघले त्यसक्षेत्रको जंगल आसपासका वस्तिहरुमा आतंक मच्चाएपछि स्थानीयहरु त्रसित छन् । खाता जैविक मार्ग नजिक पर्ने उक्त गाउँमा मध्यवर्ती क्षेत्र पर्दैन ।

मध्यवर्ती क्षेत्रमा भएपनि विकासमा अघि बढ्थ्यो एक स्थानीयले बताए । संरक्षणको रकम खर्च पनि नगर्ने बाघ र हात्तीबाट प्रभावित हुँदा उक्त वडा विकास हिसावले पनि पछि परेको छ । खाता जैविक मार्ग र निकुञ्ज भित्रका बाघले बानी व्योहोरा परिवर्तन गरेकाले समस्या उत्पन्न भईरहेको निकुञ्जका कर्मचारी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय