बर्दियाका कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु
बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित

बर्दिया, साउन  ७। कोरोना भाइरस संक्रमणबाट बाँकेको भेरी अस्पतालमा एकजना पुरुषको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दियाको गेरुवा गाउँपालिका–१ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

उनका अनुसार साउन ३ गते उनमा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै भेरी अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार बिहान ५ः३० बजे मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय