चोरीको स्कुटरसहित एक पक्राउ
मङ्गलबार, साउन १२, २०७८ मा प्रकाशित

बर्दिया, साउन १२ (फरकसमाचार) / चोरीको स्कुटरसहित एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । बाँके कोहलपुर नगरपालिका–१२ बस्ने प्रकाश खड्काको घरबाट स्कुटर हराएको थियो । राति १ बजे मेरो घरको बरण्डामा पार्किङ गरी राखेको भे.७ प. ५४८९ नम्बरको निलो सेतो रंगको स्कुटर हराएको ईलाका प्रहरी कार्यालय कोहलपुरमा लिखित निवेदन पेश गरेका थिए ।

खड्काले हराएको स्कुटर खोजतलास गर्न कोहलपुर प्रहरीमा निवेदन दिएपछि प्रहरीले खोजतलासमा जुटेको थियो । कोहलपुर प्रहरीले चारैतिर सुचना फरवार्ड गरेको थियो ।

बर्दिया प्रहरीले सक्रियताका साथ स्कुटर खोजतलासमा जुटेको थियो । हराएको २४ घण्टा नबित्दै बर्दिया प्रहरीले स्कुटर पक्राउ गरेको छ ।
बारबर्दिया नगरपालिका–९ बैदीका उमेश चौधरीलाई स्कुटरसहित प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नो घरको आँगनमा लुकाई छिपाई स्कुटर राखेका थिए । प्रहरी चौकी कतर्नियाघाटको प्रहरी गस्ती टोलीले खोजतलासका क्रममा स्कुटरसहित चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरीले चौधरीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी डिएसपी हेम बहादुर शाहीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर