स्वास्थ्य मापदण्डको ख्याल नगर्दा संक्रमण बढ्दै
बुधबार, साउन १३, २०७८ मा प्रकाशित

बर्दिया, साउन १३ (फरकसमाचार)

सरकारले लकडाउन खुुकुलो गरेसँगै मानिसहरु स्वास्थ्य मापदण्ड लत्याएर हिडडुल गर्दा कोरोना संक्रमण बढ्न थालेको छ । महामारीको त्रास हुँदा हुँदै बजारमा माक्स नलगाएर हिडिरहेको देख्न सकिन्छ । महामारीको जोखिम कायम रहेको छ । त्यसैले आम नागरिकहरुले स्वास्थ्यका मापदण्डको पालना गर्नु अतिआवश्यक छ । नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य मन्त्रालयले आँकलन गरेको छ ।

जिल्लामा चार दिन यता कोरोना संक्रमण बढ्दै गएको छ । गत शनिबार ३ जनामा संक्रमण पुष्टि भएको थियो । आईतबार ११ जना, सोमबार ३९ र मंगलबार ३१ जनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाको रेकर्डमा उल्लेख छ । सुरुमा रुखा, खोकि र ज्वरो आएका बिरामीको कोरोना परीक्षण गर्दा अधिकांशमा कोरोना संक्रमण भेटिएको छ ।

लकडाउन खुकुलो भएपछि सर्वसाधारणले संक्रमण सकिएको जस्तो स्वास्थ्य मापदण्ड नअपनाई हिडेको देखिन्छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ६ हजार ३ सय ३१ पुगेको छ । जसमध्ये ६ हजार १७ जना निको भएर घर फर्किसकेका छन् ।

१ सय ७१ जनामा भाइरस सक्रिय रहेको छ भने सक्रिय संक्रमित मध्ये १ सय ६० होम आईसोलेसनमा, ११ जना अस्पतालमा उपचार गराईरहेका छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या १ सय ४३ पुगेको स्वास्थ्य कार्यालयको रेकर्डले पुष्टि गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय