सन्दीपले आइपिएल खेल्ने सम्भावना
बिहिबार, साउन १४, २०७८ मा प्रकाशित

एजेन्सी, साउन १४ / विश्वकप र आइपिएलको खेल तालिका नजिक रहेपछि नेपाली स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेल खेल्न पाउने सम्भावना बढेको छ । सन्दीपलाई गत अक्सनमा कुनैपनि टोलीले मूल्य नलगाउँदा आइपिएलमा टोलीबिहिन बनेका थिए । सन्दीपले २०१८ देखि २०२० सम्म तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए । यस सिजनमा दिल्लीले सन्दीपलाई रिलिज गर्दा अन्य टोलीले किनेनन् ।

पछिल्लो दुई महिनामा सन्दीपले इंग्ल्यान्डको टि२० ब्लास्ट र द हन्ड्रेड प्रतियोगिता भिसाको कारण गुमाउनु परेको छ । सन्दीप द हन्ड्रेडको लागि इंग्ल्यान्ड पुगेपनि भिसाको कारण दुई हप्ता बसाईपछि स्वदेश फर्किसकेका छन् । गत वैशाखमा स्थगित भएको आइपिएलका बाँकी खेल आगमी सप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म युएईमा हुँदैछ । उता टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुँदैछ ।

आइपिएल सकिएको दुई दिनपछि विश्वकप सुरु हुनेछ । यो अवस्थामा विदेशी स्टार खेलाडीले आइपिएल नखेल्ने लगभग निश्चित जस्तै छ ।
पछिल्लो समय कोरोना कारण क्वारेनटाइन अनिवार्य बनेको छ । युएई सरकारको नियम अनुसार एक हप्ता बस्नुपर्ने हुन्छ । सबै टोली टि२० विश्वकप तयारीमा लागि रहेका छन् । सबैको ध्यान विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नेछ ।

अझ आइपिएलमा सर्वाधिक विदेशी खेलाडी भएका इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया र न्युजिल्यान्ड उपाधि दाबेदार टोलीमा पर्दछन् । जसले गर्दा विदेशी स्टारले आइपिएल खेल्ने सम्भावना अझ कम देखिन्छ । विश्वकप सुरु हुनुअघि कुनैपनि टोलीले दुई दुई वार्म अप म्याच खेल्ने चलन छ । ती वामअर्प खेल आइपिएको समयमै हुने छन् ।

बंगलादेश क्रिकेट बोर्डले तीव्र गतिका बलर मुश्ताफिजुर रहमान र सकिब अल हसनलाई बाँकी आइपिएलको लागि अनुमति नदिने स्पष्ट पारिसकेको छ । सकिब कोलकाता नाइट राइडर्स र मुश्ताफिजुर राजस्थान रोयल्समा छन् । अष्ट्रेलिया र इंग्ल्यान्ड बोर्डले पनि बाँकी आइपिएलको लागि अनुमति नदिने संकेत दिइसकेका छन् ।

बोर्डले अनुमति दिएपनि अधिकांश अष्ट्रेलियन खेलाडीले आफैं पनि बाँकी आइपिएल नखेल्ने मनासय बनाइसकेका छन् । वेस्टइन्डिज, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, श्रीलंका लगायत क्रिकेट बोर्डले पनि विश्वकप छाडेर आइपिएलमा खेलाडी पठाउने सम्भावना देखिदैन ।

सबै खेलाडी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छन् । त्यसको लागि कडा मिहिनेत, उच्च लय र चोटबाट बच्न चाहन्छन् । विश्वकप तयारी, क्वारेनटाइन, फिटनेश, चोट लगायत विश्वकपलाई ध्यानमा दिँदै आइपिएल खेल्न अनुमति दिने सम्भावना देखिदैन । अर्कोतर्फ आफ्नो प्रमुख खेलाडी आइपिएलमा कमजोर प्रदर्शन गरेमा त्यसले मनोबलमा पनि असर पार्छ ।

आइसिसीको प्रतियोगितामा १५ खेलाडीलाई मात्र अनुमति हुन्छ । आफ्नो प्रमुख खेलाडीले आइपिएलमा चोट लागेमा ठूलो घाटा हुन्छ । आइपिएल खेल्दा खेलाडीको कमजोरी अझ बढी थाहा हुने हुँदा पनि त्यसले हरेक टोलीको रणनीति र प्रदर्शनमा असर पार्न सक्छ । त्यसैले प्रमुख विदेशी खेलाडीले आइपिएल खेल्ने सम्भावना देखिदैन ।

यो अवस्थामा विश्वकप टोलीमा नपर्ने र एसोसियट खेलाडी फ्रेन्चाइज टोलीको विकल्प र रोजाईमा पर्ने छन् । हैदराबादमा स्पिनरको रुपमा अफगानिस्तानका राशिद खान, मुजिब उर रहमान र मोहम्मद नाबी छन् । कोलकातामा सकिब र सुनिल नारायण छन् । नारायण विश्वकप खेल्ने वा नखेल्ने अनिश्चित छ । वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले उनी विश्वकप योजनामा रहेपनि अझै तयार भने नभएको जवाफ दिँदै आएका छन् ।

पन्जाव किंग्समा विदेशी स्पिनरको रुपमा फेबिएन एलेन छन् । उनी वेस्टइन्डिजका प्रमुख सदस्य हुन् बेंगलोरमा अष्ट्रेलिया एडम जाम्पा र चेन्नईमा मोईन अली विदेशी स्पिनरको रुपमा छन् । दिल्ली र मुम्बईमा भने भारतीय स्पिनरको बाहुल्यता हुँदा मौका पाउने सम्भावना कम छ । मुम्बई र दिल्ली बाहेक अन्य सबै टोलीमा सन्दीपको सम्भावना बढी देखिन्छ ।

नेपालको अन्तर्राष्ट्रिय खेलको सम्भावना

सेप्टेम्बरमानै आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिजको सम्भावना छ । ओमानमा आयोजना हुने भनिएपनि कुनै आधिकारी पुष्टि भने भएको छैन । ओमानले टि२० विश्वकप आयोजना गर्ने हुँदा उसलाई मैदान बनाउन केहि समय लाग्नेछ ।

विश्वकप तयारीका लागि पिच र आउटफिल्ड बनाउन समय लाग्ने हुँदा ओमानले आयोजना गर्ने सम्भावना भने न्यून देखिन्छ । अर्कोतर्फ ओमान पनि टि२० विश्वकप तयारीमा छ । टि२० विश्वकप तयारी र आयोजना गर्न लागेको हुँदा ओडिआई त्रिकोणात्मक सिरिजको सम्भावना कम देखिन्छ । उक्त समय त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा हुने सम्भावना कम देखिन्छ ।हाम्रोखेलकुदबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय