बर्दियामा वन्यजन्तु चित्तलको मासुसहित चार पक्राउ
मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित

बर्दिया, साउन २६ (फरकसमाचार) / वन्यजन्तु चित्तलको मासुसहित चार जना शनिबार पक्राउ परेका छन् । मधुवन नगरपालिका–१ डल्लाबाट अबैध मासुसहित चारै जना पक्राउ परेका हुन् । पक्राउ परेका चारैजना डल्लाका स्थानीय रहेका छन् । चित्तलको आलो मासु ३५ किलो र साईकलसहित चार पक्राउ परेका हुन् । बर्दिया राष्ट्रिय निकुञ्जले पक्राउ गरेको चार जनाको नाम सार्वजनिक गरेको छैन ।

बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले रातिको समयमा वन्यजन्तु चित्तल मारेको बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सहायक संरक्षण अधिकृत असिम थापाले बताए । मारेको चित्तलको मासु साईकलमा राखेर लैजाँदै गर्दा निकुञ्जको सुरक्षाकर्मी टोलीलाई देखेर मासु र साईकल छोडेर चारै जना भागेका थिए ।

निकुञ्जको टोलीले खोजतलास गरी चारै जनालाई नियन्त्रणमा लिएको थापाले बताए । चित्तल मार्ने आरोपमा पक्राउ परेका बाहेक अरु व्यक्तिहरुको सहभागिता हुन सक्ने निकुञ्ज प्रशासनले अनुमान गरेको छ । पक्राउ परेका चारै जनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको सहायक संरक्षण अधिकृत थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय