द्धन्द्ध पीडित युवाहरुको सवाल सम्बोधन गर्ने प्रतिबद्धता
शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, साउन २९ / बढैयाताल गाउँपालिकाले द्धन्द्ध पीडित युवाहरुको सवालको सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मानबताको लागी युवा सिर्जनशीलता भन्ने मुलनाराका साथ सम्पन्न भएको द्धन्द्ध पीडित युवाहरुको सवाल सम्बोधनका लागि स्थानीय सरकारको भूमिका विषयमा संवाद कर्यक्रममा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दीपाकुमारी गौतमले सो कुराको प्रतिबद्धता जनाएकी हुन् ।

संवाद कार्यक्रमका प्रमुख अतिथि तथा न्यायीक समितिका संयोजक दीपा गौतमले युवाहरुको विकासका लागि विशेष योजनाका साथ काम गरिरहेको बताउदै द्धन्दपीडित युवाको सवाल पहिचान, समस्या समाधान गर्न विशेष पहल भइरहेको र द्धन्द्ध पीडित युवाहरुको आर्थिक तथा सामाजिक बिकासका लागि योजना आएमा प्राथमिकताका साथ पालिकाले काम गर्ने प्रतिवद्धता जनाईन् ।

मानवअधिकार संरक्षण समिति बढैयाताल बर्दियाका संयोजक बीरबहादुर थारुको सभापतित्वमा भएको उक्त संबाद कार्यक्रममा महिला, कानुन र विकास मंचका संयोजक सुशील चौधरीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्ने क्रममा युवाहरु भोलिका आशाका किरण भएकाले चालिस प्रतिशत बढी युवा लक्षित कार्यक्रम आउनु पर्नेमा जोड दिदै विकासमा युवाको सहभागिता शुनिश्चित गर्नका लागि निति तथा कार्यक्रम आउनु पर्ने धारणा राखेका थिए । यसै गरि द्धन्द्ध पीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले संक्रमणकालीन न्यायबारेको साझा बुझाई बनाउन र स्थानीय तहले यसलाई जिम्मेवार ढंगले लिंदा धरै काम गर्न सकिने धारणा राखे ।

इन्टरनेशनल एलर्टका एमएनई अधिकृत शोभा चौधरीले युवा नीति २०७२, युवा रणनीति २०२५ का प्रावधानबारे चर्चा, कार्यक्रममा सहभागि युवाहरुका लागि शिक्षा, रोजगार, सुरक्षा र व्यवसायिक सहयोगका लागि स्थानीय सकारले विशेष कार्यक्रम बनाएर लागु गर्नुपर्ने माग गरेका थिए ।

कार्यक्रमका सभाध्यक्ष तथा मानवअधिकार संरक्षण समिति बढैयातालका संयोजक बीरबहादुर थारुले संवाद कार्यक्रममा युवाहरुले उठाएका सवाल गाउँपालिका स्तरीय मानवअधिकार कार्य योजनामा समावेश गर्ने, मुक्त कमैया र भूमिहिनहरुको सवाल सम्बोधन गर्न पालिका स्तरका सबै सरोकारवालाहरुको ध्यान आकर्षित गरेका थिए ।

महिला, कानुन र विकास मंच, इन्टरनेशनल अलर्ट, टिपिओ, द्धन्द्ध पीडित समिति, मानवअधिकार संरक्षण समिति, संक्रमणकालाीन न्यायका लागि जिल्ला संजाल, मैगर सामुदायिक संस्था, कालिका सामुदायिक पुस्तकालय, थारु महिला उत्थान केन्द्र, बि ग्रुपको समन्वय तथा सहकार्यमा कार्यक्रम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय