मृगौला प्रत्यारोपणको लागि सहयोगको अपिल
शनिबार, साउन ३०, २०७८ मा प्रकाशित

बर्दिया, साउन ३० (फरकसमाचार) / गुलरिया नगरपालिका–४ का राजन उपाध्यायको मृगौला प्रत्यारोपणको लागि आर्थिक सहयोगको  अपिल गरिएको छ ।

वन विभाग अन्तर्गत जुनियर कर्मचारी उपाध्यायको आर्थिक स्थिती अत्यन्तै नाजुक रहेको हुँदा सहयोगको आह्वान गरिएको हो । उपाध्याय डिभिजन वन कार्यालय बर्दियामा कार्यरत वनरक्षक हुन् । हाल उनको मृगौलामा समस्या भई टिचिङ हस्पिटल महाराजगन्जमा आकस्मिक कक्षमा भर्ना छन् ।

चिकित्सकका अनुसार उपाध्यायको सम्भब भए मृगौला प्रत्यारोपण सो हुन नसकेमा डायलाशिस गराउनु पर्छ । उपाध्यायको भए जति आर्थिक राशी खर्च भई उपचारमा समस्या भएको छ ।

उपचारको लागि सहयोगी मनहरुले सकेको सहयोग गरिदिए उनको उपचारमा सहज हुनेछ । सहयोग गर्न चाहनेहरुले बिरामीको श्रीमति खुम कुमारी बास्तोलाको नाममा रहेको बैंक अफ काठमाण्डु महाराजगन्ज शाखाको खाता नम्बर १५४४०००००४९१५२४ मा जम्मा गरेर सहयोग गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय