सशस्त्र प्रहरी द्वारा अबैध सामान बरामद
आइतबार, साउन ३१, २०७८ मा प्रकाशित

बर्दिया, साउन ३१(फरकसमाचार) / भारतबाट भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सामानसहित दुई मोटर साईकल सशस्त्र प्रहरीले आईतबार बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेड क्वाटरको मातहत युनिटबाट खटिएका प्रहरीले सामान बरामद गरेको हो । सशस्त्र प्रहरीले किराना तथा कस्मेटिक सामानसहित भारतीय नम्बर प्लेट भएका दुई वटा मोटर साईकल बरामद गरेको हो । २ लाख ४८ हजार ६ सय बराबरको सामान बरामद भएको जनाईएको छ ।

सशस्त्र प्रहरीले बरामद गरेको सामान कारवाहीको लागि भन्सार कार्यालय गुलरियामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय