साउन ३२ / सरकारले अफगानिस्" />
अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने सरकारको निर्णय
सोमबार, साउन ३२, २०७८ मा प्रकाशित

काठमाडौं,साउन ३२ / सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ।’ त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्वयात्मक रुपले कार्यअघि बढाउन निर्देशन दिने मन्त्रिपरिषद बैठकले निर्णय भएको कार्कीले बताए।  उनले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका बाँकी रहेका समस्या सम्बोधन गर्न प्रक्रिया अगाडि बढिसकेको बताए ।

‘भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको समस्यालाई कुटनैतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र कुटनैतिक प्रक्रिया समेत अगाडि बढिसकेको सन्दर्भमा आमरण अनशन फिर्ता लिन भुपू गोर्खा सैनिक सम्बद्ध सबैलाई आग्रह गरेको छ’, कानुन मन्त्री समेत रहको कार्कीले भने ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय