सशस्त्र प्रहरी द्वारा ९२ हजार भन्दा बढिको अबैध सामान बरामद
बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित

बर्दिया, भदौ २(फरकसमाचार)

भन्सार छली अबैध रुपमा ओसार पसार गर्दै गरेको विभिन्न सामान सशस्त्र प्रहरीले मंगलबार बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेड क्वाटरको मातहत युनिटबाट खटिएका सशस्त्र प्रहरी टोलीले सामान बरामद गरेको हो ।

५० लिटर डिजल, विभिन्न जातका तीन हजार माछाका भुरा, साल जातको काठ, सुर्तिजन्य पदार्थ र कवाडी सामान सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरीका अनुसार बरामद सामान मुल्य रु ९२ हजार ७ सय ६० बराबरको छ ।

सशस्त्र प्रहरीले बरामद गरेको विभिन्न जातका तीन हजार माछाका भुरा स्थानीय निकायका प्रतिनिधिहरुको उपस्थितीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको परिसरभित्र नष्ट गरिएको छ । बरामद अन्य सामान सम्बन्धित कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय