भदौ ३ / प्रधानमन्त्री शेरब" />
प्रधानमन्त्री भेट्न प्रचण्ड र माधव नेपाल बालुवाटारमा
बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित

काठमाडौं,भदौ ३ / प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड र नेपाल प्रधानमन्त्रीको सरकारी  निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।

तीन नेताले पछिल्लो राजनीतिक विषयमा छलफल गरेको बुझिएको छ । बुधबार मात्र नेकपा एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले देउवा र प्रचण्डसँग सरकारमा सहभागिता तथा राजनीतिक दल विभाजन सहज हुनेगरी ल्याइएको अध्यादेशबारे छलफल गरेको बुझिएको छ । यसअघि माधव नेपाललाई सरकारमा सहभागी हुन देउवा र प्रचण्डले आग्रह गर्दै आएका थिए ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय