१६ लाख ९१ हजार ५ सय बराबरको अबैध केराउ बरामद
बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित

बर्दिया, भदौ ३(फरकसमाचार) / भन्सार छली अबैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको केराउ प्रहरीले बिहीबार पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१० स्थित बिनोद बर्माको मिल अगाडी केराउको बोराहरु जम्मा पारी साईकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

प्रहरी टोलीलाई देखेर केराउ लैजाने व्यक्तिहरु साईकल छोडी भागेको प्रहरीले जनाएको छ । बरामद केराउ १ सय ६८ दशमलव ७५ क्विन्टल र साईकल ८ वटा गरी मुल्य रु १६ लाख ९१ हजार ५ सय बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय गुलरियाबाट प्रहरी निरीक्षक पवन पछाईको नेतृत्व र सिमा प्रहरी चौकी मथुराबाट प्रहरी नायव निरीक्षक खड्क बहादुर डाँगीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ठुलो मात्रामा अबैध केराउ बरामद गरेको हो ।

प्रहरीले केराउ र साईकल बरामद गरि आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको एसपी ईश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर