ओडेगार्ड रियल छाडेर आर्सनलमा
शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित

एजेन्सी, भदौ ४ / स्पेनिस क्लब रियल म्याड्रिड छोडेर नर्वेली मिडफिल्डर मार्टिन ओडेगार्ड इंग्लिस प्रिमियर लिगको आर्सनलमा अनुबन्धित भएका छन् ।

गत सिजन लोनमा आर्सनल आएका २२ वर्षीय मिडफिल्डरले प्रभावशाली प्रदर्शन गरेपछि लन्डन क्लबले उनलाई स्थायी रुपमा अनुबन्ध गरेको हो । आर्सनलले उनलाई खरिद गर्न ३० मिलियन पाउण्डको हाराहरीमा खर्च गरेको बुझिएको छ । ओडेगार्ड यस विन्डोमा आर्सनल आउने चौथो खेलाडी हुन् ।

यसअघि आर्सनलले डिफेन्डर बेन व्हाइट, अल्बर्ट साम्बी लोकोन्गा र नुनो टाभारेसलाई अनुबन्ध गरिसकेको छ । इंग्लिस गोलरक्षक आरोन राम्सडेल पनि आर्सनल आउने चर्चा रहेको छ । आर्सनलले गत सिजन खराब प्रदर्शन गरेपछि प्रशिक्षक मिकेल आर्टेटा निकै दबाबमा छन् । सिजनको पहिलो खेलमा आर्सनल ब्रेन्टफर्डसँग २-० ले पराजित भएको थियो ।

ओडेगार्डले गत सिजन २० खेल खेल्दै २ गोल गरेका थिए । उनले आइतबार हुने चेल्सीविरुद्ध खेल भने खेल्ने छैनन् । सन् २०१५ मा १६ वर्षको उमेरमा रियल म्याड्रिडमा अनुबन्धित उनले अपेक्षा गरे अनुसार प्रदर्शन गर्न सकेनन् । उनले रियलबाट कुल ८ खेलमात्र खेले । उनी लोनमा हेरेनभीन, भिटेस र रियल सोसीडाडमा खेलेका थिए ।हाम्रोखेलकुदबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर