गुलरियामा धुमधाम मोहर्रम मनाईयो
शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित

बर्दिया, भदौ ५(फरकसमाचार)

गुलरियामा धुमधाम ताजिया बाबा शुक्रबार बिर्सजन गरिएको छ । मुस्लिम समुदायले बिहीबार साँझ आफ्नो घर आँगनमा राखेको ताजिया बाबा शुक्रबार बिर्सजन गरेका हुन् । मिठो मिठो खानाका प्रकार बनाई फातिया गराउने चलन छ । घरमा आएका साथीभाई आफन्तलाई खाना खुवाई मोहर्रमको शुभकामना आदान प्रदान गर्ने चलन छ ।

बाबा राखेको ठाउँमा रातभरी जगाराम बस्ने र मासिया गाउँने चलन छ । ताजिया राखेको ठाउँमा रातभरी धुपबत्ती बल्ने गरिन्छ । ताजिया हेर्न आउँने व्यक्तिहरुलाई सिन्नी (प्रसाद) दिन्छन् । मुस्लिम समुदायको पर्वमा हिन्दु धर्मालम्बीहरुको उत्तिकै सहभागिता हुने गरेको छ । ति मध्ये एक हो, मुस्लिम समुदायको मोहर्रम पर्व ।

मोहर्रम पर्वले हिन्दु र मुस्लिम समुदायबिच आपसी सद्भाव कायम गरी भाईचारा बढाउने विश्वास गरिन्छ । गुलरियाका कतिपय हिन्दु धर्मालम्बीहरुले मुस्लिम समुदाय जस्तै आफ्नै घरमा ताजिया राखेका थिए ।

हिन्दु धर्मालम्बीहरुले घरमा ताजिया राख्दा बाबासंग मागेका मन्नत पूरा हुने र दुख हट्ने विश्वास छ । ताजिया बाबा शुक्रबार बिर्सजनको लागि कर्बला लैजादै गर्दा सबै समुदायका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थिए । सहभागि सबै व्यक्तिहरु निकै खुसी देखिएका थिए । गुलरिया गाउँमा राखेका ताजिया बाबालाई बजारको परिक्रमा गराई बसपार्क नजिक रहेको कर्बलामा र भन्सार रोड बजार क्षेत्रमा राखेका ताजिया बाबालाई सुरजपुर नजिकको कर्बलामा बिर्सजन गरिएको हो । ढोल बजाउँदै ताजिया बाबा बिर्सजनका लागि लैजादै गर्दा जोकोहीको ध्यानाकर्षण भएको थियो ।

विभिन्न टोलमा राखिएको ताजियाहरुलाई एउटै स्थानमा राखी ताजिया मिलन गराएका थिए । मुस्लिम महिलाहरु अल्लाहका दुतलाई भावबिहोर हुँदै बिदाई गरेका थिए ।

यस पर्वमा सबै धर्मालम्बीहरुको सहभागिता रहेको थियो । अल्लाहका दुत ईमामे हुसने युद्वका क्रममा ईराकको कर्बलामा शाहदत प्राप्त गरेको सम्झनामा यो पर्व मनाईने गरिएको गुलरिया नगरपालिका–१२ लालपुरका महबुब आँलम साँईले बताए ।

ताजिया बाबा बिर्सजनमा सहभागि मुस्लिम समुदायका युवाहरुले छातीमा ब्लेड हानेर अल्लाहका दुतलाई कुर्बानी दिने परम्परा छ । बाबालाई कर्बला लैजादै गर्दा बाटोमा युवाहरु लाठी खेल्ने परम्परा छ । ताजिया बाबा बिर्सजन भएपछि कर्बलाको माटो लगाएपछि छातीमा ब्लेडले काटेको घाउ सन्चो हुने विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय