बर्दिया भदौ  ६। जिल्ला प्रहरी कार्य" />
घुमुवाको गल्ती लुकाउन एसपीकै निर्देशनमा पत्रकारलाई लागूऔषध हालेर फसाइयो
आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित

बर्दिया भदौ  ६। जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो गल्ती लुकाउन एक पत्रकारलाई लागूऔषध मुद्दामा फसाएको समाचार सार्वजनिक भएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत असइ उदय यादव र जवान मनोज साहको सेटिङमा स्थानिय अनलाइनका पत्रकार मोहम्मद मोजिबल्लाहलाई लागूऔषध राखेर फसाइएको घटना बाहिर आएको हो । उनीहरुले पत्रकार मोहम्मदको मोटर साइकलमा लागूऔषध राख्दै गरेको भिडियो फूटेज नै सार्वजनिक भएको छ  ।पत्रकार फसाउने घुमुवा रौतहटका एसपी सिद्धिविक्रम शाहका घुमुवा हुन् । शाह असुलीमा बदनाम मानिन्छन्। ती घुमुवाको गलत क्रियाकलापको बारेमा पत्रकार मोहम्मदले स्थानिय अनलाइनमा समाचार लेखेका थिए ।समाचार लेखेपछि पत्रकारलाई फसाउन ती घुमुवाले मोटरसाइकलमा लागूऔषध राख्दै गरेको सिसिटिभि फूटेजमा देख्न सकिन्छ ।शनिबार सार्वजनिक भएको फुटेजमा पक्राउ पर्नुभन्दा केही समयअघि पत्रकार र उनका साथी होटेलमा खाजा खान होटलमा प्रवेश गर्छन् । असइ यादव र जवान साहको प्रत्यक्ष उपस्थितिमा दुई युवाले मोटरसाइकलमा लागूऔषध लुकाउँदै गरेको देखिन्छ । साभार अनलाइन नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय