झाडी सफाई नहुँदा राजमार्ग आवागमन ज्यानको जोखिम
सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,भदौ ७

पूर्ब पश्चिम राजमार्गमा यात्रा गर्दा सर्वसाधरणले आफ्नो ज्यानको जोखिम मोल्नु परेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भएर राजमार्गमा यात्रा गर्दा ज्यानको जोखिम मोल्न परेपनि सम्बन्धित निकाय मौन बसेको छ ।

राजमार्गमा पिचसँगै भाडी झागिंदा कतिबेला बन्यजन्तुको आक्रमणमा पर्ने त्रास कायमै छ । बर्दिया राष्ट्रिय निकुञ्जको रम्बापुर देखि चिसापानी पोष्टसम्म आवागमन गर्ने पैदल, साईकल र मोटरसाईकल यात्री कति खेर जंगली बन्यजन्तुको आक्रमणमा पर्ने त्रासको जोखिम बढेको हो ।

तर नियमनकारी निकाय निकुञ्ज , सडक डिभिजन कार्यालय सडक छेउ छाउँ सरसफाईमा वेवास्ता गरेको नकारात्मक सन्देश फैलिएको छ । दैनिक राजमार्गमा चलाउँने सानो सवारी साधनका चालकले राजमार्गमा बाघ भेटिदा त्रास बढेको सवारी चालक राम बिसीले बताए । ‘हामी त बन्द गाडीमा त डराउँछौÞ उनले भने,तर सर्वसाधरणलाई आवागमा कति त्रास छ, त्यो आफै मोटरसाईकल र साईकलमा हिड्नेलाई थाहा होला । निकुञ्जले टाईमा कार्ड लागु गरेपछि बिस्तारै हिड्न पर्ने बाध्यताले बाघको शिकार सर्बसाधरण हुनु परेको उनले गुनासो गरे । २२ मिनेटमा निकुञ्ज प्रशासनले तोकेको दुरी पार गर्न समय तोकेको छ ।

ढिलो वा चाडो साधन चलाए निकुञ्ज प्रशासनले कैद देखि जरिवाना गर्ने प्राबधान अख्तियार गरेको छ । सर्वसाधरण ज्यान जाने गरी राजमार्ग छेउ हुर्किरहेका झाडी सफाई निकुञ्ज प्रशासनले वेवास्ता गरेकोमा सर्वसाधरण आक्रोषित भएका छन् ।

निकुञ्जको क्षेत्र भएपनि राजामार्ग छेउछाउ सडक डिभिजनले झाडी सफाई गर्न पर्ने निकुञ्जका प्रवक्ता असिम थापाले बताए । ‘निकुञ्ज प्रशासन जोखिम बढेकोमा गम्भिर छ,’उनले भने,‘ सडक डिभिजनको अधिकार भित्रको बिषय हामीले केहि गर्न मिल्दैन’ उनका अनुसार राजमार्ग आवागमन कर्तालाई जोखिम बढेकाले तत्काल समाधानको उपाय निकाल्न निकुञ्ज प्रशासन लागि परेको छ । आवागमन कर्ताका अनुसार राजामार्गमा दैनिक जंगलको राजा(पाटे बाघ) भेटिने गरेको छ ।

मान्छेलाई लक्षित गरेर झम्टिने जंगलको राजा(पाटे बाघ)का कारण आवागमन कर्ता त्रसिने गरेको समेत आवागमन कर्ताको गुनासो छ । निकुञ्ज अन्र्तगतको राजमार्ग क्षेत्रमा पर्ने बाघको आक्रमणको कारण दुई जना सर्वसाधरणको ज्यान गएको छ ।

पाटे बाघले आक्रमण गर्दा मोटरसाईकलमा सवार एक जनाको ज्यान गईसकेको छ भने अर्को घटना पुस १७ गते मोटरसाईकलमा सवार लम्की चुहा नगरपालिकाकी नन्दकला थापालाई बाघले झम्टेर यसअघि आहारा बनाएको छ । बाघको संख्या अत्याधिक बढेर १ सयको हाराहारीमा पुगेको निकुञ्ज कर्मचारीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर