जापानबाट १६ लाख डोज नै अष्ट्राजेनेका खोप नेपाल आइपुग्यो
सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित

काठमाडौं, भदौ ७ / जापान सरकारले अनुदानमा दिएको १६ लाख डोज अष्ट्राजेनेका खोप आइपुगेको सरकारले जनाएको छ।

जापान सरकारले विभिन्न चरणमा उक्त परिमाणमा खोप ल्याएको हो। परराष्ट्र मन्त्रालयका अनुसार जापान सरकारले १६ लाख १४ हजार ७ सय ४० खोप उपलब्ध गराएको हो।

‘कोरोना महामारी नियन्त्रण गर्न साथ र सहयोगका लागि जापान सरकार र जापानी नागरिकप्रति कृतज्ञ छौं’, सोमबार सबै खोप आएकोबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयले भनेको छ।

यो खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसिरहेकालाई दिने बताइएको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय