बर्दियामा लागु औषधका कारोबारी पक्राउ
सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित

बर्दिया भदौ ७ (फरकसमाचार) / लागु औषधका एक कारोबारीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । गुलरिया नगरपालिका–२ खैरापुरका ३५ वर्षीय अकलेश यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा नेपालगंजबाट लागू औषध ब्यूरो र बर्दिया प्रहरीको संयुक्त टोलीले गुलरिया बजार सहिद पार्क नजिकैबाट बा ८५ प ९८२८ नम्वरको मोटरसाइकलसहित यादवलाई पक्राउ गरेको छ ।

शंकास्पद रुपमा रहेका यादवको मोटरसाईकल रोकी प्रहरीले खानतलासी गर्दा लागु औषध बरामद भएको हो । प्रहरीले खानतलासी गर्दा यादवको साथबाट ३० वटा साना–साना पुरिया बनाई राखेको लागु औषध ब्राउन सुगर प्रहरीले फेला पारेको हो । उनको साथबाट २७ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर र रियलमी मोबाईल फेला परेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका यादव लागु औषधको कारोबारी रहेको खुल्न आएको डिएसपी हेम बहादुर शाहीले जानकारी दिए । यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर