घरै पुगेर सहयोग नगरप्रमुख केसीको अभियानले सार्थकता पाउँदै
रामप्रसाद चौहान
बर्दिया, भदौ ८
मधुवन नगरपालिका–२ रज्वारामा शनिबार राती हात्तीले घर भत्कायो । हात्तीले घर भत्काउँदा घरमा जडान गरिएको विद्युत तार शर्टसर्किट भएर घरमा आगलागी भयो । दीर्घ बहादुर दमाईको घरमा रहेको सबै सामान जलेर नष्ट भयो । घर जलेर नष्ट भएपछि घर बिहिन भएका दमाई निराश भए ।
निराश बनेका दमाईलाई सहयोग गर्न मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर केसी घरमै पुगे ।
नगर प्रमुख केसी पुग्दा दमाईले आफ्नो जलेको घर वस्तु देखाए ।
नगर प्रमुख केसीले पीडित परिवारलाई तत्कालका लागि रु १२ हजार सहयोग उपलब्ध गराए । यो घटना प्रतिनिधि घटनामात्र हो । जंगली जनवारको उच्च जोखिममा रहेका नगरवासीलाई दुख पर्दा केसी आफै खटिन्छन । तदारुकताका देखाएर सक्दो सहयोग गर्दा नगरवासी खुसी छन् ।
सहयोग रकम हस्तान्तरण गर्दै नगर प्रमुख केसीले मधुवन नगर एउटा परिवार भएको सुनाए । उनी भन्छन‘ नगरवासीको दुःख अघिअघि छ भने म पछिपछि लागेर घाउँमा मल्हम लगाउँने कर्तव्य छोडेको छैन ।’ परिवारका सदस्यलाई कुनै समस्या, दुःख, पिडामा आफुले सधैं नगरवासीको साथ दिन उनको सक्रियताले नगरवासीलाई विश्वास दिलाएको छ ।
नगर प्रमुख केसीले पीडितलाई भने,‘तपाई र तपाईको परिवारलाई मधुवन नगरपालिकाले सहयोग गर्छ । चिन्ता नलिनुस्, तपाईको घर पनि हामी बनाउने छौँ । तपाई र तपाईको परिवारलाई घरबार बिहिन हुन दिने छैनौँ ।’
सहयोग रकम लिँदै भावुक भएका पीडित दीर्घ बहादुर दमाईले आफ्ना आँखाभरीका आँशु पुछ्दै नगर प्रमुख केसीलाई धन्यवाद दिए ।
शनिवार राती करिब ११ः३० बजेतिर फर्दङ्गा सामुदायिक वनबाट गाउँमा छिरेको हात्तीले घर भित्र भण्डारण गरी राखेको अन्न खान खोज्दा विद्युत तार शर्टशर्किट भई घर र गोठमा आगो लागेको थियो ।
आगो लाग्दा २ वटा बाख्रा, ६ वटा कुखुरा, २ वटा साईकल, १ वटा मोटरसाइकल लगायत गहुँ, मकै, चामल पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
हात्तीले घर भत्काइदिएपछि आहत हुनुभएका पीडित दमाई र उनको परिवारलाई खाना छिमेकीले खुवाएका छ्न । हात्ती पीडित दमाईको घर नगरपालिकाले बनाइदिने भएको छ । केहि समय यता मधुवन नगरपालिकाका विभिन्न वडाहरुमा मानव वन्यजन्तु द्वन्द बढि रहेको छ । वन्यजन्तु गाउँ पसेर अन्नबाली खाने, घर भत्काउने गरेका छन् ।
त्यस्ता घटनाबाट पीडित, गरिब, दुखी र विपन्नलाई नगर प्रमुख केसीले निरन्तर ब्यक्तिगत सहयोग गर्दै आईरहेका छन भने संस्थागत रुपमा मधुवन नगरपालिकाको तर्फबाट छुट्टै राहत सहयोग उपलब्ध गराई रहेका छन् ।हरि गुरुङ्गको सहयोगमा